डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
धनगढी । डडेल्धुरा अस्पताललले आकस्मिक बाहेक सबै सेवा बन्द गरीएको छ ।
बुधबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र केही अराजक व्यक्तिहरूले दुर्व्यवहार गरेको भन्दै अस्पताल विकास समितिले उक्त घटनाप्रति खेद प्रकट गर्दै घोर भत्र्सना गरेको हो ।
अस्पताल विकास समितिद्वारा जारी प्रेस विज्ञप्तीमा अध्यक्ष ओझा अस्पतालको सेवा प्रवाह सुदृढ बनाउन, बिरामी सेवाग्राहीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको उल्लेख गरिएको छ ।
प्रमाणविहीन र तथ्यहीन आरोप लगाउँदै अस्पतालजस्तो संवेदनशील र गरिमामय संस्थाभित्र गरिएको व्यवहारले सम्पूर्ण अस्पताल परिवारलाई लज्जित तुल्याएको विज्ञप्तीमा भनिएको छ।
यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने र कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने बाहेक कुनै उपलब्धि नहुने अस्पतालको ठहर छ।
घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अस्पतालले जोडदार माग गरेको छ । साथै भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, प्रशासन तथा नागरिक समाजलाई अस्पतालले हार्दिक अपील गरेको छ ।
दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएमा कर्मचारीको कमजोर बनेको मनोबललाई मध्यनजर गर्दै भोलि २४ गतेदेखि आकस्मिक सेवा बाहेकका सबै सेवा पूर्ण रूपमा बन्द रहने अस्पताल विकास समितिले जनाएको छ ।

ताजा अपडेट
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- सेती प्रादेशिक अस्पताल : मृर्गौला डायलाइसिस बिरामीको चाप
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- निजी अस्पताल सञ्चालन र सरकारी नीति
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान
धेरैले पढेको
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान
- हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- सेती प्रादेशिक अस्पताल : मृर्गौला डायलाइसिस बिरामीको चाप


तपाईको प्रतिक्रिया