निःशुल्क आँखा शिविर : जनताका आँखाको ज्योति फर्कियो
बैतडी । बैतडीका दुर्गम गाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमार्फत दुबै पालिकामा गरेर ४०० जनाको आँखाको ज्योति फर्किएको छ । शिवनाथमा सञ्चालन भएको दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ४५० जनाले सेवा लिएका छन् । जसमध्ये ११३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा ११५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।
गाउँपालिकावासीलाई सहज होस् भनेर विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताए । उनले भने, “आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई स्थानीयस्तरमै निःशुल्क सेवा दिन शिविरको आयोजना गरेका हौँ । शिविरमार्फत सेवा लिएका स्थानीयवासी खुसी भएका छन् ।”
शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टिमले सेवा दिएको थियो । शिविरमा शिवनाथका मात्रै नभएर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले समेत सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
यस्तै पुर्चौडीमा सञ्चालन भएको आँखा शिविरमा ९१ जनाको आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा ५३५ जनालाई औषधि वितरण र २१० जनालाई निःशुल्क चस्मा वितरण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद जोशीले जानकारी दिए । उनले भने, “गाउँमै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले हामीले बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । जसमा आँखाको चेकजाँचका साथै शल्यक्रिया पनि गरिएको हो ।”
पुर्चौडीमा सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमार्फत दुई हजार ८०० नागरिक लाभान्वित एका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासी खुसी भएका छन् ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया