निःशुल्क आँखा शिविर : जनताका आँखाको ज्योति फर्कियो
बैतडी । बैतडीका दुर्गम गाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमार्फत दुबै पालिकामा गरेर ४०० जनाको आँखाको ज्योति फर्किएको छ । शिवनाथमा सञ्चालन भएको दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ४५० जनाले सेवा लिएका छन् । जसमध्ये ११३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा ११५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।
गाउँपालिकावासीलाई सहज होस् भनेर विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताए । उनले भने, “आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई स्थानीयस्तरमै निःशुल्क सेवा दिन शिविरको आयोजना गरेका हौँ । शिविरमार्फत सेवा लिएका स्थानीयवासी खुसी भएका छन् ।”
शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टिमले सेवा दिएको थियो । शिविरमा शिवनाथका मात्रै नभएर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले समेत सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
यस्तै पुर्चौडीमा सञ्चालन भएको आँखा शिविरमा ९१ जनाको आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा ५३५ जनालाई औषधि वितरण र २१० जनालाई निःशुल्क चस्मा वितरण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद जोशीले जानकारी दिए । उनले भने, “गाउँमै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले हामीले बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । जसमा आँखाको चेकजाँचका साथै शल्यक्रिया पनि गरिएको हो ।”
पुर्चौडीमा सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमार्फत दुई हजार ८०० नागरिक लाभान्वित एका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासी खुसी भएका छन् ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया