शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ ।
नगरपालिकाको १८५औँ कार्यपालिका बैठकले शुक्लाफाँटा नगरपालिका–७ निवासी भट्टलाई एमबीबीएस छात्रवृत्ति दिने निर्णय अनुरुप छात्रबृत्ति उपलव्ध गराइएको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । कार्यविधिअनुसार नगरपालिकाले भट्टलाई अध्ययन अवधिभर प्रत्येक वर्ष रु १० लाखका दरले छात्रवृत्ति उपलब्ध गराउनेछ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार ‘एमबीबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि–२०८०’ बमोजिम आवेदन आह्वान गरिएकामा योग्यताक्रमका आधारमा पुष्पराजलाई छनौट गरिएको हो । “नगरभित्र बसोबास गर्ने सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिब तथा विपन्न तर जेहेन्दार विद्यार्थीलाई चिकित्सक बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो,” उनले भने ।
छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीले अध्ययन पूरा गरी दक्ष चिकित्सक बनेर नगरपालिकाले तोकेको स्वास्थ्य संस्थामा अनिवार्य रूपमा चार वर्ष सेवा गर्नुपर्ने सर्त राखिएको छ । नगरपालिकाले आफ्नै नगरस्तरमा दक्ष चिकित्सक उत्पादन गरी नगरवासीलाई गुणस्तरीय र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
छात्रवृत्ति पाएका पुष्पराजले नगरपालिकाको कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईइ) उत्तीर्ण गगरेका थिए । चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा उनी २५०८औँ योग्यताक्रममा छनोट भएका हुन् । उनले पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा अध्ययन गर्ने तयारी गरेका छन्।
आफ्नो चिकित्सक बन्ने सपनामा नगरपालिकाले आर्थिक सहयोग गरेपछि पुष्पराजले खुसी व्यक्त गरे । “आर्थिक अवस्थाका कारण मेरो परिवारका लागि एमबीबीएस अध्ययन निकै चुनौतीपूर्ण थियो, नगरपालिकाको यो सहयोगले मेरो सपना साकार हुने भएको छ,” उनले भने, “अध्ययन पूरा गरेर आफ्नै नगरका नागरिकको सेवामा समर्पित हुनेछु ।”
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया