महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको सुभारम्भ गरेका हुन् ।
सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताए । “प्रदेश सरकारको उद्देश्यअनुसार सिटि स्क्यान सेवा थपिएपछि यहाँका जनताले विशेषज्ञ सेवा पाउने छन्”, उनले चने, “भविष्यमा पनि सरकारले थप विशेषज्ञ सेवा थप्दै जानेछ ।”
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले लामो प्रयासपछि अस्पतालमा सिटि स्क्यान सेवा थपिएको बताए । उनले ६४ ‘स्लाइस’को सिटी स्क्यान थपिएको बताए ।
अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग रु तीन करोड ८३ लाख ५५ हजार ५६० मा सम्झौता गरेको थियो ।
व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे ।
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । पछि विसं २०४३ मा ५० श्ययामा स्तरोन्नतिसँगै अञ्चल अस्पताल (रेफरल सेन्टर) मा परिणत गरियो ।
सङ्घीयतापछि भने प्रादेशिक अस्पतालका रूपमा विशेषज्ञ सेवा दिन थालिएको छ ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया