गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता
गुल्मी । रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले गुल्मी अस्पताल तम्घासमा गत दुई वर्षदेखि विशेषज्ञ चिकित्सकलाई मासिक रुपमा तलब बराबरको रकम प्रोत्साहन भत्ताबापत उपलब्ध गराउँदै आएको छ ।
दुर्गम तथा साना जिल्लामा चिकित्सकआउन रुचि नदेखाउने र सरुवा भई आइहाले पनि लामो समय नबस्ने भएकोले उक्त समस्या समाधानका लागि नगरपालिकाले उक्त प्रोत्साहनभत्ता उपलब्ध गराउन थालेको हो । यसअघि गुल्मी अस्पतालमा कार्यरत एक जना विशेषज्ञ चिकित्सकलाई मात्र प्रदान गरिएको प्रोत्साहन भत्ता कार्यक्रममा थप गरी यस वर्षदेखि थप ६ जना विशेषज्ञ चिकित्सकलाई उपलब्ध गराउन थालेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् ।
उनले विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय सेवा प्रदान गर्न र लामो समय जिल्लामा चिकित्सक टिकाइ राख्नका लागि सरकारले प्रदान गर्ने तलब सुविधा बराबरको रकम प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको जानकारी दिए ।
रेसुङ्गा नगरपालिका र गुल्मी अस्पतालसँग उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक कार्य सम्पादनका विषमा दुवै पक्षबीच सम्झौतासमेत भएको छ । नगरपालिकाले गुल्मी अस्पतालका आन्तरिक चिकित्सा विशेषज्ञ डा विभव बस्याल, आन्तारिक चिकित्सा विशेषज्ञ डा सुरेन्द्र क्षेत्री, बालरोग विशेषज्ञ डा प्रज्ञा शाक्य, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सोफिया थापा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रदीप शिवाकोटी र सामान्य तथा आकस्मिक चिकित्सा विशेषज्ञ डा अर्जुन केसीलाई उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएकोे हो ।
प्रोत्साहन भत्ताबापत नगरपालिकाले चिकित्सकका लागि वार्षिक रुपमा रु ४० लाख खर्चिने भएको छ । यस कार्यक्रमबाट गुल्मी अस्पतालको स्वास्थ्य सेवा थप गुणस्तरीय हुने र नागरिकहरुले सहज र सुलभरुपमा विशेषज्ञ सेवा लिनसक्ने बताइएको छ । विगतमा जिल्लामा विशेषज्ञ सेवा उपलब्ध नहुँदा बिरामी उक्त सेवा लिनका लागि पाल्पा र बुटवलसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । अहिले सदरमुकाम तम्घासमै विशेषज्ञ सेवा सुरु भएपछि बिरामीलाई राहत मिलेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।
नगरपािलकाले गुल्मी अस्पतालका लागि स्वास्थ्य सेवामा आम नागरिकको सहजरुपमा पहुँच वृद्धि गर्न ‘गुल्मी अस्पताल, हाम्रो अस्पताल’ भन्ने नाराका साथ अस्पतालको सेवा वृद्धिका लागि आवश्यक सहयोग गर्दै आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउन प्रोत्साहन भत्तासहित, मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण, हाडजोर्नी विशेषज्ञ सेवामा सहजता, नगरभित्रका दम तथा निमोनियाका बिरामीको घरघरमा अक्सिजन कन्स्नट्रेटर मेसिन सहयोग, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया र ग्रामीण अल्ट्रासाउण्ड लगायतका सेवाहरू सुचारु गरिरहेको छ ।
गुल्मी अस्पतालमा पछिल्लो समय बिरामीको चाँप बढ्दै गएको छ । अस्पतालमा दैनिक सरदर तीन सय बिरामीहरु उपचारका लागि आउने गर्दछन ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया