सुदूरपश्चिममा स्वास्थ्य तर्फको उपसचिव पदस्थापनः को बन्ला स्वास्थ्य निर्देशक ?
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले निजामती ऐन र नियमावली ल्याएसँगै स्वास्थ्यतर्फको उपसचिव बढुवा र रिक्त दरबन्दीको पदपूर्ती गर्ने बाटो खुलेको छ ।
प्रदेश नियमावली अनुसार जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, आयुर्वेद कन्सल्टेन्ट विज्ञ, अस्पताल नर्सिङ प्रशासक, मेडिकल सुपरिटेन्डेन्ट र कन्सल्टटेन्ट ईएनटी सर्जनको बढुवा भएसँगै रिक्त दरबन्दी पदपूर्ती गर्ने बाटो खुलेको हो ।
बढुवाको सूचीमा जनस्वास्थ्य प्रशासकतर्फ झनक राज ढुंगाना, ओम प्रकाश जोशी, रमेश कुँवर र रमेश मलासी रहेका छन् ।
यस्तै स्वास्थ्य शिक्षा प्रशासकतर्फ हेमराज खड्का, आयुर्वेद कन्सल्टेन्ट विज्ञतर्फ आयुर्वेद चिकित्सक डा. खगेन्द्र बम, मेडिकल सुपरिटेन्डेन्टतर्फ डा. सन्दीप ओखेडा र कन्सल्टटेन्ट ईएनटी सर्जनतर्फ डा. ज्योती पाण्डे रहेका छन् ।
यसैगरी अस्पताल नर्सिङ प्रशासकतर्फ कमला विष्ट र सिमा शर्माको पनि बढुवा गरेको हो । शर्मा हाल अध्ययन बिदामा छन् ।
कहाँ होला पदस्थापन ?
सुदूरपश्चिम प्रदेश सरकारले बढुवा गरेको स्वास्थ्यतर्फको उपसचिवको पदस्थापन गर्ने काम प्रक्रियामा रहेको छ । प्रदेश सरकार मातहत रहेका विभिन्न कार्यालयमा स्वास्थ्यतर्फ उपसचिवका दरबन्दी रिक्त छन् ।
सामाजिक विकास मन्त्रालयको नीति कानुन मापदण्ड योजना तथा जनस्वास्थ्य महाशाखा, प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय कैलालीमा जनस्वास्थ्य प्रशासकको दरबन्दी रिक्त छ ।
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले जनस्वास्थ्य प्रशासकमा एक दरबन्दी आन्तरिक प्रतिस्पर्धा र एक खुलाबाट पदपूर्ती गर्नेछ । त्यस्तै स्वास्थ्य निर्देशनालय डोटीमा पनि आयुर्वेद कन्सल्टेन्ट विज्ञको पद रिक्त छ ।
उक्त दरबन्दीमा बढुवा भएका डा खगेन्द्र बम निमित्त स्वास्थ्य निर्देशकको जिम्मेवारीमा समेत छन् ।
रिक्त रहेको आयुर्वेद कन्सल्टेन्ट विज्ञ पदमा संघबाट १० औं तहका आयुर्वेद चिकित्सकलाई ल्याई प्रादेशिक आयुर्वेदिक चिकित्सालयको प्रमुख बनाइएको छ । बढुवा पदस्थापन भएपछि संघबाट ल्याइएका चिकित्सक फिर्ता हुने छन् ।
स्वास्थ्य शिक्षा प्रशासकमा २ दरबन्दी रिक्त रहेको छ । स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य तालिम केन्द्र उक्त दरबन्दी रिक्त रहेको हो । त्यसैगरी, अस्पताल नर्सिङ प्रशासकमा ३ दरबन्दी रिक्त छ ।
सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य निर्देशनालयमा अस्पताल नर्सिङ प्रशासकको दरबन्दी रिक्त छ । बढुवा मार्फत दुई दरबन्दी पदपूर्ती हुनेछ भने, खुला बाट एक दरबन्दीको पदपूर्ती गरिनेछ ।
काे होला स्वास्थ्य निर्देशक ?
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयमा जनस्वास्थ्य प्रशासक २, स्वास्थ्य शिक्षा प्रशासक १, आयुर्वेद कन्सल्टेन्ट विज्ञ १ र अस्पताल नर्सिङ प्रशासकको १ दरबन्दी रिक्त छ । त्यस्तै, प्रशासन तर्फको उपसचिवको १ दरबन्दी समेत रिक्त छ ।
आयुर्वेद कन्सल्टेन्ट विज्ञको दरबन्दीमा बढुवा भएका आयुर्वेद चिकित्सक डा. खगेन्द्र बम निमित्त निर्देशकको जिम्मेवारी छन् । उनी स्वास्थ्य निर्देशनालयको निर्देशकका लागि स्वभाविक दाबेदार हुन् भने, जनस्वास्थ्य प्रशासकतर्फ बढुवा भएका रमेश मलासी पनि निर्देशककै दौडमा छन् ।
उपसचिवमा बढुवा भएका अन्य कर्मचारीहरु पनि निर्देशक बन्ने सम्भावना छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले कसलाई निर्देशकको जिम्मेवारी दिन्छ त्यो भने हेर्नै बाँकी छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया