गेटा अस्पतालमा बिभिन्न माग राख्दै डा केसी बसे अनसन
धनगढी । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय फिर्ताको माग गर्दै तीन दिने अनसन सुरु गरेका छन् ।
आइतबार केसीले कैलालीको गेटास्थित शहीद शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पुगेर १५ देखि १७ भदौंसम्म तीन दिने अनसन सुरु भएको घोषणा गरेका हुन् ।

डा. केसीले हालै चिकित्सा शिक्षा आयोगको निजी मेडिकल कलेजको सिट संख्या वृद्धि गर्ने निर्णयको चर्को आलोचना गरेका छन् । उनले त्यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपमा भएको भन्दैं गुणस्तरमा ह्रास आउने बताएका छन् ।

‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ तर शिक्षाको गुणस्तर खस्किन्छ,’ डा. केसीले भनेका छन्, ‘गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउँछ, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’ चिकित्साशास्त्र अध्ययन संस्थानले १०० सिट पढाउन हिच्किचाइरहेको अवस्थामा त्यसको एक तिहाइभन्दा कम पूर्वाधार र बिरामीको चाप नपुग्ने निजी मेडिकल कलेजलाई १३० सिट दिने निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् ।
डा। केसीले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने फिर्ता गर्न, शुल्क वृद्धि नगर्न, इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न र गेटामा शैक्षिक कार्यक्रम र पूर्ण क्षमतामा अस्पताल सेवा सुरु गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्त मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐनअनुरुप मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने र सरकारी अस्पताललगायत सबै स्वासथ्य संस्थाहरुमा दरबन्दी वृद्धि गर्नेलगायतका सबै सम्झौता र मागहरु तत्काल पूरा गर्नुपर्ने उनको माग छ ।


- # #चिकित्सा शिक्षा आयोग
- # अनसन
- # प्रा.डा. गोविन्द केसी
- # शहीद शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया