विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन
लुम्बिनी । विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ ।
राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो ।
एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिईन् ।
उक्त महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का सङ्घीय सांसद छविलाल विश्वकर्माले एक समारोहबीच शुभकामनासहित समापन गरे ।
त्यस क्रममा सांसद विश्वकर्माले बन्धुत्व र शान्तिको कामना गर्दै भएको महाभियानले धेरैलाई प्रेरणा मिलेको भन्दै खुसी व्यक्त गरे । अभियानलाई निरन्तरता दिन आग्रह गर्दै सेवाभावका साथ समर्पित अभियानलई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
पूर्वमन्त्री विश्वकर्माले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यायका राजयोग केन्द्रहरूमा योग, ध्यान र सात्विक भोजनमार्फत मानसिक स्वास्थ्यमा पनि विशेष भूमिका निर्वाह गरिरहेको भन्दै अभियन्ता र आयोजकको प्रशंसा गरे ।
‘रक्तदान गरौँ, जीवन बचाऔँ, सहयोगको भावना सबैमा जगाऔँ’ भन्ने मूल नारासहित भदौ ६ देखि ९ गतेसम्म नेपालका १३४ र भारतका विभिन्न स्थानमा एकसाथ रक्तदान गरिएको आयोजक संस्थाका क्षेत्रीय सदस्य राजयोगी ब्रह्माकुमार नारायणले जानकारी दिए ।
अभियानअन्तर्गत बुटवलस्थित क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र, सैनामैना नगर अस्पताल मुर्गिया, देवदह शाखा, गुल्मीको तम्घास, कपिलवस्तुको वाणगङ्गा जितपुर, देवीनगरको दुर्गा मन्दिर सभाहल, नेपालगञ्ज, नवलपरासी परासी शाखा तथा कठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, धनगढ़ी, दाङलगायत शाखाहरूमा एकसाथ रक्तदान कार्यक्रम भएको थियो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विगत ५५ वर्षदेखि शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक–आध्यात्मिक मूल्यहरूको संरक्षण तथा प्रवद्र्धनमा योगदान दिँदै आएको छ । धुम्रपान, मद्यपान र लागूपदार्थजस्ता दुव्र्यसनमुक्त समाज निर्माणमा समेत संस्थाले महत्वपूर्ण भूमिका खेलेको अभियन्ता रोजयोगी नारायणको भनाइ छ ।
महाअभियानले रक्तदानलाई केवल स्वास्थ्य सहयोगको कार्य नभई मानवीय एकता र विश्व बन्धुत्वको सशक्त सन्देश प्रवाह गरेको उत्प्रेरक प्रशिक्षक ब्रह्माकुमार ऋषि न्यौपानेले बताए ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया