झाडापखला र हैजाका बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन मन्त्री पौडेलको निर्देशन

वीरगञ्ज। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिएपछि निरीक्षण गर्न आउनुभएका मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन् ।
“नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ”, उनले भने,“विश्व स्वास्थ्य सङ्गठनको पोर्टोकलले भ्याउने खालको औषधिले पुग्ने भए ठीकै छ । नत्र भने परिस्थितिवस थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देश गर्दछु ।’’
मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग त्यहाँको सेवा र गुनासाबारे जानकारी लिएका थिए। ‘‘बिरामीसँग कुरा गर्दा केही औषधि किन्नुपरेको गुनासो सुन्नुप¥यो । त्यसैले अबदेखि कुनै औषधि किन्न नपर्ने खालको व्यवस्था मिलाउनुहोला”, उनले भने, “झाडापखला र हैजाको परीक्षण गर्दा कुनै प्रकारको शुल्क नलिनको मेरो आग्रह छ ।”
मन्त्री पौडेलले तीनै तहका सरकारसँग समन्वय गरेर कुनै पनि हालतमा औषधिको कमी हुन नदिने बताए । ‘‘कुनै पनि हालतमा औषधिको अभाव हुने छैन । जनशक्तिको अभाव हुने छैन । अहिले नारायणी अस्पतालमा बारा र रौतहटका प्रादेशिक अस्पतालबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोली आइरहेको छ । त्यसैगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने कुरा भइरहेको छ ।’’
मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा सङ्घीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले वीरगञ्जका निजी अस्पताललाई झाडापखला र हैजाका बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि आग्रह गरे ।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले नारायणी अस्पताललाई प्रदेश सरकारले विभिन्न थरिका औषधि उपलब्ध गराउँदै आइरहेको जानकारी दिए । उनले समस्या परेका बेला मात्र तात्ने नभइ जुनसुकै बेला समस्या आउनसक्छ भन्ने सोचेर दीर्घकालीन योजनासहित काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा झाडापखला र हैजाको समस्या देखिएकाले समस्या समाधान गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरण गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले निश्चित मापदण्डको ‘चेकलिस्ट’सहित हैजाको मुख्य कारण पत्ता लगाउने कार्य भइरहेको बताए । पाँच वटा कलष्टरमा आधारित भएर आवश्यक काम भइरहेको उहाँले जानकारी गराए ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट (मेसु) चुमनलाल दासले अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिए । तीमध्ये दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको उनले बताए ।
मेसु दासका अनुसार हाल यहाँ प्रादेशिक अस्पताल गौर र कलैयाँबाट चिकित्सकसहितको टोली आएर उपचार सेवा दिइरहेका छन् । यस्तै, वीरगञ्ज नर्सिङ कलेजका बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थी र वीरगञ्ज महानगरबाट स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी आएर आवश्यक सहजीकरण गरिरहेका छन् ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले झाडापखला र हैजाका गरी दुई सय ५४ जना बिरामीको सङ्ख्या दर्ता भएको बताए । “हालसम्म एक सय तीन जना बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा उपचारत रहेका छन् । २२ जना सघन उपचार कक्ष (आइसियु) र छ जना बिरामी ‘एचसियु’मा उपचाररत छन् ”, उनले भने,“बाँकी रहेका बिरामी जनरल वार्डमा छन् । आइसियुमा रहेका २२ मध्ये २० जना निजी अस्पताल र दुई जना नारायणी अस्पतालमा छन् ।”
यहाँ हालसम्म एक सय २४ जना बिरामी उपचार गरेर घर फर्किसकेका छन् ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया