दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित
तनहुँ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो ।
विभिन्न सेवा थप भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । आव २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएकामा आव २०७९/८० मा ७३ हजार २५३ र आव २०७८/७९ मा ६४ हजार ५९४ ले सेवा लिएका उनले जानकारी दिए ।
अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको बताउँदै प्रमुख बरालले यहाँ तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङका बासिन्दा समेत उपचारका लागि आउने गरेका उल्लेख गरे ।
एक वर्षको अवधिमा बहिरङ्ग (ओपिडी) मा ३६ हजार ६१७ बिरामीले सेवा लिएका छन् भने सोही अवधिमा ३७ हजार ९२९ जनालाई प्रयोगशाला सेवा, पाँच हजार ९१९ जनाले अल्ट्रासाउण्ड र चार हजार २१९ जनाले इसिजी सेवा लिएका जनाइएको छ ।
अस्पतालले ५० जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको छ । अघिल्लो आवमा १९ जनाले उक्त सेवा लिएका थिए । डा बरालले भने, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”
उनका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । तीमध्ये विशेषज्ञ चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, अन्य प्रविधिक १३ र सहायक कार्यरत २२ जना छन् ।
पन्ध्र शय्या स्वीकृतिको अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरिसकेकाले स्तरोन्नति प्रक्रिया सुरु भइसकको बरालको भनाइ छ ।
यहाँ सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलाइसिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने डा बरालले आवश्यकता औँल्याए ।
विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना भई २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।
यहाँ फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहित भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।
अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया