कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य संस्था ‘पेपरलेस’ बन्दै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्रका तीन स्वास्थ्यचौकीमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअन्तर्गत ‘पेपरलेस’ सेवा सञ्चालन गरिएको छ ।
बिरामीले पर्चा नकाटिकनै कम्प्युटरमा नाम दर्ता गराएका आधारमा उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ ।
नमूनाका रूपमा पिपलाडी, झलारी स्वास्थ्यचौकी र वडा नं ५ स्थित आधारभूत स्वास्थ्यचौकीमा प्रणाली लागू गरिएको छ ।
यी संस्थामा सेवा प्रवाहको प्रभावकारिता हेरेपछि अन्य स्वास्थ्यचौकीमा पनि क्रमशः यो प्रणाली विस्तार गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए ।
“अब बिरामीलाई पर्चा लिएर लाइन बस्नुपर्ने छैन”, भट्टले भने, “कम्प्युटरमा विवरण दर्ता भएसँगै बिरामीले कुन ठाउँमा चेकजाँच गर्ने, औषधि कहाँबाट लिने, चिकित्सक कहाँ भेट्ने भन्ने सबै जानकारी डिजिटल माध्यमबाट पाइनेछ ।” भट्टका अनुसार, यो प्रणालीले स्वास्थ्यसम्बन्धी तथ्याङ्कको डिजिटल अभिलेखन, विश्लेषण र रिपोर्टिङ सहज बनाउँछ । स्वास्थ्य सेवा प्रभावकारिता, सेवा उपयोग दर, कर्मचारी मूल्याङ्कनलगायत पक्षमा सुधार हुने अपेक्षा गरिएको छ ।
उनका अनुसार यस डिजिटल प्रविधिले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट तथ्याङ्क एकीकृत रूपमा सङ्कलन गर्न सकिने भएकाले तथ्यमा आधारित निर्णय प्रक्रिया सहज हुने भएको छ । साथै, मासिक रिपोर्ट पनि सजिलै तयार पार्न मिल्नेछ ।
तीन वटै स्वास्थ्य संस्थामा उपलब्ध भएका कम्प्युटर, इन्टरनेटको सदुपयोग गरी कार्य सञ्चालन गरिएको उल्लेख गर्नु हुदै उहाँले क्रमशः आवश्यकताका आधारमा स्वास्थ्य संस्थाहरुलाई कम्प्युटर प्रिन्टर, इन्टरनेट सेवा उपलव्ध गराइने बताए ।
“पहिले पर्चाको भरमा सेवा दिनुपथ्र्यो, अहिले कम्प्युटर दर्ताबाटै बिरामीलाई सेवा दिन थालेका छौँ”, पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “रिपोर्ट पनि डिजिटल रूपमा तत्कालै उपलब्ध गराउँदै छौँ ।” उनले सेवालाई प्रभावकारी बनाउनका लागि थप जनशक्ति व्यवस्थापन, थप कम्प्युटर र भरपर्दो इन्टरनेट सेवाको आवश्यकता रहेको बताए। सेवा सञ्चालन भएपछि समय, स्रोत र श्रमको बचत, सेवाको गुणस्तरमा सुधार, कर्मचारीको कार्य मूल्याङ्कन गर्न सहज हुने उनले उल्लेख गरे ।
स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र तथ्यमा आधारित बनाउने दिशामा यो प्रयास एक उल्लेखनीय उदाहरण भएको प्रमुख भट्टको भनाइ रहेको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया