Techie IT
  • शनिबार, पुस १२, २०८२ / Saturday, December 27, 2025
गृहपृष्ठप्रदेशस्वास्थ्य कार्यालय कैलालीको अनुरोध : नीजि स्वास्थ्य संस्था दर्ता तथा नविकरण गरेर मात्रै संचालन गर्नू

स्वास्थ्य कार्यालय कैलालीको अनुरोध : नीजि स्वास्थ्य संस्था दर्ता तथा नविकरण गरेर मात्रै संचालन गर्नू


धनगढी । स्वास्थ्य कार्यालय कैलालीले नीजि स्वास्थ्य संस्था कानुन अनुसार दर्ता तथा नविकरण गरेर मात्रै संचालन गर्न सुचना जारी गरेको छ ।

कैलाली जिल्लामा रहेका २५ शै¥याका जनरल तथा बिशेषज्ञ अस्पताल,पोलि क्लिनिक, बिशेषज्ञ क्लिनिक, डेन्टल क्लिनिक ,आँखा उपचार केन्द्रको इजाजत पत्र लिन तथा नविकरण गर्न १५ दिने सुचना जारी गरेको छ ।

स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० बमोजिम आवश्यक योग्यता पुगेका नीजि स्वास्थ्य सेवा प्रदायकहरु लाई तोकिएको ढाँचामा आवश्यक कागजात सहित निवेदन पेश गर्न समेत अनुरोध गरेको छ ।

यसका साथै , प्रदेशको जनस्वास्थ्य ऐन बमोजिम आफुले संचालन गरेको अस्पताल वा स्वास्थ्य संस्था सरकारी स्वास्थ्य संस्थाको तिन सय मिटरको दुरी भित्र नपर्ने वा तिन सय मिटरको दुरी भित्र पर्ने भनि अधिकार प्राप्त अधिकारी वा निकायबाट हटाउने आदेश हटाउने छु भनि लिखित स्व घोषणा गर्नुपर्ने सुचना उल्लेख गरीएको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!