गण्डकी प्रदेश सरकारले २ जिल्लामा नर्सिङ र एचएको पढाइ सुरु गर्ने

गण्डकी । गण्डकी प्रदेश सरकारले आगाामी आवदेखि बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) विषयको पढाइ सुरु गर्ने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा ती विषयको पठनपाठन सुरु गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।
“एसइईको नतिजा आइसकेको छ, साउनदेखि नै पढाइ सञ्चालन गर्ने गरी तयारी अगाडि बढाइएको छ”, उनले भने, “यसका लागि स्वास्थ्य मन्त्रालय र सिटिइभिटीले आवश्यक बजेटसमेत विनियोजित गरिसकेको छ, मन्त्रिपरिषद्बाट निर्णय भएकाले अब यो कार्यान्वयनमा जान्छ ।” यसका लागि स्वास्थ्य मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको उपलब्धता रहेकाले दुवै विषयको पढाइ सुरु गर्न कुनै समस्या नरहेको स्वास्थ्यमन्त्री पाठकले बताए ।
मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई हालै १०० शय्यामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको हो । स्वास्थ्य सहायक पढाउने तयारी भइरहेको गोरखाको आँपपिपल अस्पताललाई पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यवहारिक अभ्यास धवलागिरि अस्पतालमा हुने जनाइएको छ । गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेकाले सोको तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ ।
पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । यी अस्पतालमा स्टाफ नर्स र स्वास्थ्य सहायक विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धी हुने स्वास्थ्यमन्त्री पाठकले बताए । प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा ‘सिटिइभिटी’को उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट यसअघि पनि छलफल हुँदै आएको थियो ।
न्यून आय भएका र सिमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिन सकिने जनाइएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययनअध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामिण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत सहरमा जानुपर्ने बाध्यता छ । बागलुङ र गोरखामा ‘सिटिइभिटी’का भवनलगायत संरचना भएका कारण पहिलो चरणमा ती दुई अस्पतालमा स्टार्फ नर्स र स्वास्थ्य सहायक विषय पढाउने तयारी गरिएको हो ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया