गण्डकी प्रदेश सरकारले २ जिल्लामा नर्सिङ र एचएको पढाइ सुरु गर्ने
गण्डकी । गण्डकी प्रदेश सरकारले आगाामी आवदेखि बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) विषयको पढाइ सुरु गर्ने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा ती विषयको पठनपाठन सुरु गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।
“एसइईको नतिजा आइसकेको छ, साउनदेखि नै पढाइ सञ्चालन गर्ने गरी तयारी अगाडि बढाइएको छ”, उनले भने, “यसका लागि स्वास्थ्य मन्त्रालय र सिटिइभिटीले आवश्यक बजेटसमेत विनियोजित गरिसकेको छ, मन्त्रिपरिषद्बाट निर्णय भएकाले अब यो कार्यान्वयनमा जान्छ ।” यसका लागि स्वास्थ्य मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको उपलब्धता रहेकाले दुवै विषयको पढाइ सुरु गर्न कुनै समस्या नरहेको स्वास्थ्यमन्त्री पाठकले बताए ।
मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई हालै १०० शय्यामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको हो । स्वास्थ्य सहायक पढाउने तयारी भइरहेको गोरखाको आँपपिपल अस्पताललाई पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यवहारिक अभ्यास धवलागिरि अस्पतालमा हुने जनाइएको छ । गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेकाले सोको तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ ।
पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । यी अस्पतालमा स्टाफ नर्स र स्वास्थ्य सहायक विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धी हुने स्वास्थ्यमन्त्री पाठकले बताए । प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा ‘सिटिइभिटी’को उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट यसअघि पनि छलफल हुँदै आएको थियो ।
न्यून आय भएका र सिमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिन सकिने जनाइएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययनअध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामिण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत सहरमा जानुपर्ने बाध्यता छ । बागलुङ र गोरखामा ‘सिटिइभिटी’का भवनलगायत संरचना भएका कारण पहिलो चरणमा ती दुई अस्पतालमा स्टार्फ नर्स र स्वास्थ्य सहायक विषय पढाउने तयारी गरिएको हो ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया