स्वास्थ्य चौकीलाई किशोर किशारी मैत्री स्वास्थ्य संस्था घोषणा
सोलुखुम्बु । कोशी प्रदेश सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं २ स्वास्थ्य चौकी बेनीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सन्चालन निर्देशिका,२०७९ अनुसार ४५ वटा सूचकमध्ये ४२ वटा मुल्याकन सूचाकाङ्क पुरा गरी ९३ प्रतिशतभन्दा बढी प्राप्ताङ्क प्रतिशतको आधारमा किशोर किशोरी मैत्री स्वास्थ्य सस्था घोषणा गरिएको सोलुदुधकुन्ड नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुवास तामाङ्ले जानकारी दिए ।
यस किसिमको किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा पश्चात अगामी दिनमा किशोर किशोरीले स्वास्थ्य सस्थावाट पाउने सेवामा गोपनियता कायम गरी सहज हुने कुरामा विश्वस्त हुने जनस्वास्थ्य निरीक्षक तामाङकोृ भनाई छ । यस आर्थिक वर्ष नगरपालिकाले उल्लेखित सुचकहरुको आधारमा वोङ्छु शेर्पा मेमोरियल आस्पताल टाप्टिङ्लाई किशोर किशोरी मैत्री स्वास्थ्य सस्था घोषणा गरिसकेको हुदा हालसम्म नगरपालिकाभित्रका ११ वटा वडाहरु मध्य ३ वटा स्वास्थ्य सस्थालाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिसकेको बताईएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं २ का वडा अध्यक्ष ङ्वाङ ठिले शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को प्रमुख अतिथिमा सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि लगायत विद्यालयका शिक्षक, बिद्यार्थी तथा अभिभावक, बाल सञ्जाल, संघसंस्था, स्थानिय व्यवसायी तथा समुदायका सरोकारवाला ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया