Techie IT
  • बिहीबार, भदौ २६, २०८२ / Friday, September 12, 2025
गृहपृष्ठप्रदेशकोशीस्वास्थ्य चौकीलाई किशोर किशारी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकीलाई किशोर किशारी मैत्री स्वास्थ्य संस्था घोषणा


सोलुखुम्बु । कोशी प्रदेश सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं २ स्वास्थ्य चौकी बेनीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सन्चालन निर्देशिका,२०७९ अनुसार ४५ वटा सूचकमध्ये ४२ वटा मुल्याकन सूचाकाङ्क पुरा गरी ९३ प्रतिशतभन्दा बढी प्राप्ताङ्क प्रतिशतको आधारमा किशोर किशोरी मैत्री स्वास्थ्य सस्था घोषणा गरिएको सोलुदुधकुन्ड नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुवास तामाङ्ले जानकारी दिए ।

यस किसिमको किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा पश्चात अगामी दिनमा किशोर किशोरीले स्वास्थ्य सस्थावाट पाउने सेवामा गोपनियता कायम गरी सहज हुने कुरामा विश्वस्त हुने जनस्वास्थ्य निरीक्षक तामाङकोृ भनाई छ । यस आर्थिक वर्ष नगरपालिकाले उल्लेखित सुचकहरुको आधारमा वोङ्छु शेर्पा मेमोरियल आस्पताल टाप्टिङ्लाई किशोर किशोरी मैत्री स्वास्थ्य सस्था घोषणा गरिसकेको हुदा हालसम्म नगरपालिकाभित्रका ११ वटा वडाहरु मध्य ३ वटा स्वास्थ्य सस्थालाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिसकेको बताईएको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं २ का वडा अध्यक्ष ङ्वाङ ठिले शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को प्रमुख अतिथिमा सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि लगायत विद्यालयका शिक्षक, बिद्यार्थी तथा अभिभावक, बाल सञ्जाल, संघसंस्था, स्थानिय व्यवसायी तथा समुदायका सरोकारवाला ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

 



तपाईको प्रतिक्रिया

error: Content is protected !!