कञ्चनपुरको लालझाडीमा स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन
कञ्चनपुर । लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ । लक्षित वर्गलाई प्राथमिकतामा राखेर स्वास्थ्योपचार सेवा सञ्चालन गरिएको हो ।
महिला, अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यको पहुँचबाट बाहिर रहेका समुदाय, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराउने कार्यका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले वडा वडामा घर दैलोमै पुगेर सेवा प्रदान गर्ने कार्य गरिरहेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।
“नसर्ने रोग चुनौतीका रुपमा रहेका छन्”, उनले भने, “समयमै पहिचान नहुँदा जटिलता पैदा गर्ने हुन्छन, त्यसैले स्वास्थ्यकर्मीले ती रोगको पहिचान गरी उपचारका लागि परामर्श दिने छन् ।” उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका रोगका बिरामीको खोज पड्ताल गरी उपचार योजना बनाइ उपचारका लागि पहल गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताए ।
कार्यक्रमबाट आर्थिक रुपमा विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ता भएका व्यक्ति बढी लाभान्वित हुँदै आएकोे उउनले बताए । गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ तीन वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया