मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य समस्या अहिले गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् । यसको समाधानका लागि प्रभावकारी नीति र कार्यक्रम तयार गर्न छलफल भइरहेको उनले बताए।
स्वास्थ्य मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पौडेलले मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा रहेकाले सरकारले यस क्षेत्रमा कार्यरत निकायसँग समन्वय गर्दै जनशक्ति विस्तार गर्ने तयारी गरेको जानकारी दिए । मानसिक स्वास्थ्यसम्बन्धी काममा दोहोरोपना हटाउँदै सरकारी, गैरसरकारी र अन्तरराष्ट्रिय संस्थासँग सहकार्यको प्रयास अघि बढाइएको उनले बताए ।
“मानसिक रोगीको सङ्ख्या दिनदिनै बढिरहेको छ, यसले सम्पूर्ण जनसङ्ख्यामा असर पु¥याउन सक्छ”, मन्त्री पौडेलले भने, “यसको समाधानका लागि रणनीतिक रूपमा अगाडि बढ्नुपर्छ ।”
मन्त्रालयले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाबीच कामको दोहोरोपन हटाई जिम्मेवारी स्पष्ट गर्ने तथा समन्वयकारी ढङ्गले काम गर्न पहल थालेको उल्लेख गर्दै मन्त्री पौडेलले मानसिक स्वास्थ्य सेवामा आवश्यक जनशक्ति थप गर्ने योजना अघि सारिएको बताए ।
बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउन शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यालय पाठ्यक्रममा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यसम्बन्धी विषय समावेश गरिने तयारी भइरहेकोउनले बताए ।
विद्यालयस्तरसम्म ‘विद्यालय स्वास्थ्य दूत कार्यक्रम’ लागू गर्दै बालबालिकालाई लक्षित सचेतना अभियान चलाइने उनको भनाइ थियो । शिक्षा मन्त्रालयसँगको सहकार्यमा संस्थागत विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ विस्तार गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया