थारु समुदायमा ‘सिकलसेल एनिमिया’को ‘स्क्रिनिङ टेस्ट’
कञ्चनपुर । थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिता दिइएको छ ।
स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय दुई जनाको रगत परीक्षण गर्दा दुई सय २९ पोजेटिभ पत्ता लागेको जानकारी दिए । उनीहरुको अन्तिम परीक्षण गर्दा दुई सय १३ जना सिकलसेल बाहक १० जनामा थालेसिमिया र ६ जना सिकलसेल रोगी पत्ता लागेका छन् । पूनर्वास नगरपालिकामा ९ सय ७६ जनाको रगत परिक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको थियो । जसको अन्तिम परीक्षण गर्दा ७९ जनामा बाहक (ट्रेट)देखा परेको थियो ।
एक सय ११ जनामा ट्रेटसँगै विटा थालेसिमिया र तीन जनामा विटा थालेसिमिया होमोजाइगोस पत्ता लागेको थियो । त्यसैगरी भीमदत्त नगरपालिकामा आठ सय ६६ जनाको रगत परीक्षण गर्दा ९९ जना पोजेटिभ भेटिएका छन् । जसको अन्तिम परीक्षण गर्दा ७७ जना सिकलसेल ट्रेट, १८ जना सिकलसेल ट्रेटसँगै बिटा थालेसिमिया र चार जनामा सिकलसेल पत्ता लागेको थियो ।
स्वास्थ्य कार्यालयले थारु समुदायमै गएर स्क्रिनिङ टेस्ट गरेको थियो । स्क्रिनिङ टेष्टमा पोजेटिभ देखिएका व्यक्तिको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नमूना लगेर परीक्षण गरिएको थियो । थारु समुदायको बाहुल्यता भएको बेलौरी नगरपालिकामा एक हजार तीन सय जनाको रगत परीक्षण गरिएको थियो । जसमा एक सय १४ जना पोजेटिभ देखिएका थिए ।
अन्तिम परीक्षण गर्दा एक सय ३२ जनामा सिकलसेल बाहक, पाँच जनामा थालेसिमिया र पाँच जना सिकलसेल रोगी पत्ता लागेका थिए । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको विभिन्न पालिकामा स्क्रिनिङ टेष्ट गरिएको बताए ।
“बाहक (ट्रेट) देखा परेकाहरुको रगतको अन्तिम चेक गर्दा धेरैमा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ ।” भट्टले भने–“हरेक एक सयजनाको परीक्षणमा आठ जना बिरामी देखिएका छन ।”
उनले बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने बताए । “बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गरे उहाँहरुबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ ।” उनले भने–“त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ ।”
हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा ५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबै भन्दाबढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया रहेको उनको भनाइ छ । नेपालमा पनि खासगरी थारु चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
केही समयअघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको उनले बताए ।
थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारु चौधरी समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानको लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको भट्ट बताउँछन् ।
“सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जिन सम्बन्धी खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ ।” भट्टले भने–“केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकल सेल रोग भएर जन्मने गर्छन ।”ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए ।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास प्रश्वासमा समस्या हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया