धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने
काठमाडौँ। सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर नीति, सादा प्याकेजिङ र कडा अनुगमन प्रणाली प्रभावकारी उपाय हुन सक्ने विज्ञहरुले सुझाएका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले ‘धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव नियन्त्रणमा कर वृद्धि’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो । सो अन्तरक्रियामा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य डा जयकुमार गुरुङले भने, “उच्च कर दरले उपभोग घटाउन, युवालाई सुरु गर्नबाट रोक्न र सरकारलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिने अतिरिक्त राजस्व सङ्कलन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।” उनले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कर नीति सबैभन्दा शक्तिशाली रणनीति मानिने उल्लेख गरे ।
कर प्रणालीलाई सरल बनाएर अन्तःशुल्क, स्वास्थ्य जोखिम कर र भ्याटमा समानुपातिक संरचना लागू गर्दा प्रशासनिक अनुगमन सजिलो हुने उनको भनाइ छ । “अन्तःशुल्क र स्वास्थ्य जोखिम करलाई निरन्तर र उल्लेखनीय रुपमा वृद्धि गर्नुपर्ने अपरिहार्यता छ”, उनले भने, “जसले सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्छ ।” कर प्रणालीलाई थप प्रभावकारी बनाउन विलासिता कर, वातावरण कर, खुद्रा व्यापार दर्ता शुल्क जस्ता अतिरिक्त माध्यम अपनाउन सकिने उनले सुझाव दिए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य सचेतना तथा सुर्तीजन्य नियन्त्रण शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नकालागि सादा प्याकेजिङ नीति प्रभावकारी देखिएको बताए ।
उउनले भने, “सादा प्याकेजिङले सुर्तीजन्य पदार्थको ब्रान्डिङ र डिजाइन हटाउँछ जसले गर्दा उत्पादनहरु कम आकर्षक देखिइ युवाहरुमा यसको लोभ्याउने क्षमता घटाउँछ । आकर्षक ब्रान्डिङ नहुँदा प्याकेटमा छापिएका स्वास्थ्य चेतावनीहरु अझ स्पष्ट देखिने हुन्छ र उपभोक्ताले स्वास्थ्य जोखिमबारे राम्ररी बुझ्न सक्छन् ।”
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया