धनगढीस्थित निसर्ग अस्पतालमा जन्मजात ओठ तथा तालु फाटेको समस्याको नि: शुल्क शल्यक्रिया गरीदै

धनगढी । कैलालीको धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरले स्माइल ट्रेनको सहयोगमा जन्मजात ओठ र तालु चिरिएको समस्या भएका बालबालिकाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ।
स्माइल ट्रेन नामक अमेरिकी गैर-नाफामूलक संस्थाको सहयोगमा प्रदान गरिने सेवाईअन्तर्गत निसर्ग अस्पताललाई चयन गरेर सेवा दिन सुरु गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
स्माइल ट्रेनको टोलीले अस्पतालको शल्यकक्ष, आईसीयू, पिकीयु लगायत सम्पूर्ण पूर्वाधारको निरीक्षण गरी स्वीकृति दिएको निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।
अस्पतालले स्ट्याण्डर्ड सर्जरी सेफ्टी एण्ड क्वालिटी प्रोटोकल अनुरूप सेवा दिने अस्पतालका सर्जन डाक्टर दीपक ठकुराठीले दाबी गरे।
यस कार्यक्रममा विशेषज्ञहरूमा डा. दीपक ठकुराठी क्लेफ्ट सर्जन, डा. हेमन्त ओझा र डा. सुनिल भट्ट क्लेफ्ट एन्थेसिया छन्। यस्तै, बालरोग विशेषज्ञ डा.प्रदीप मिश्र र डा. दीपक पौडेलसहित डेन्टल, स्पिच, पोषण , नर्सिङ, साइकोलोजीमा महत्वपूर्ण भूमिका खेलेको अस्पतालको भनाइ छ।
शल्यक्रिया सम्बन्धी सम्पूर्ण प्रक्रिया—जाँच, भर्ना, अपरेसन र औषधि—निःशुल्क हुने पत्रकार सम्मेलन मार्फत अध्यक्ष पन्तले जानकारी दिए। यस्तै उपचाररत बिरामी र एकजना कुरुवाको लागि निःशुल्कको बस्ने व्यवस्थासँगै आवतजावतको यातायात सुविधा समेत उपलब्ध रहेको बताए।
निसर्ग अस्पतालले राजधानी जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै सुदूरपश्चिम लगायत मध्यपश्चिमका नागरिकले निसर्ग अस्पताल धनगढीमा नै गुणस्तरीय सेवा प्रदान गर्ने दाबी गरीएको छ । जेठ २० गतेदेखि सुरु गरेको उक्त निशुल्क शल्यक्रिया सेवामा २ जना बिरामीले सेवा लिएका छन् ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया