निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधिको उपचार सेवा उद्घाटन गरे । उनले नयाँ प्रविधिबाट सुरु गरिएको यस सेवाले बिरामीलाई सहज हुने विश्वास व्यक्त गरे । “नयाँ प्रविधिबाट घुँडा उपचारको सेवा दिनु निजामती कर्मचारी अस्पतालका लागि कोसेढुङ्गा हो । यो प्रविधि नेपालका अरु अस्पताल छैन”, मुख्यसचिव अर्यालले भने, “अब अस्पतालले अन्य उपचारकधा लागि पनि नयाँ प्रविधि भित्र्याउनुपर्छ ।”
उनले नाम निजामती भए पनि अस्पताल सबै जनताको रहेको भन्दै अरु अस्पतालभन्दा यसलाई उत्कृष्ट बनाउनुपर्ने बताए । अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले कम्प्युटर प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरेर सेवा शुभारम्भ गरिसकेको र अब हरेक सेवामा अत्याधुनिक उपचार पद्धति लागू गरिने बताए।
घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल चिकित्सक डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधीबाट घुँडा प्रत्यारोपण गर्नु नेपालमा पहिलो भएको बताए । “अरु प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरिए पनि कम्प्युटर नेभिगेशन प्रविधिबाट पहिलो पटक हो”, उनले भने., “यसले बिरामीलाई सहज र चाँडै निको हुने हुन्छ ।”
डा मरहठ्ठाले घुँडा खिइएका, घुँडा बाङ्गिएका, चोटपटक लागेका, घुँडा बिग्रिएका बिरामीलाई यस प्रविधिबाट उपचार गरिने बताए । गत शनिबार र आइतबार चार जना बिरामीको सफल प्रत्यारोपण गरिएको उनले जानकारी दिए।
शनिबारको प्रत्यारोपणमा भारतीय चिकित्सकको सहयोग लिए पनि दोस्रो पटक दुई जनाको प्रत्यारोपण अस्पतालकै चिकित्सकले गरिएको त्यस अवसरमा जानकारी दिइयो । डा मरहठ्ठाका अनुसार प्रत्यारोपण गर्दा प्लाष्टिक र मेटल सिमेन्टको सहायता लिइन्छ भने उक्त प्रविधिबाट हुने उपचारमा रु तीनदेखि साढे तीन लाख लाग्ने गरेको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया