देशभरका अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन
काठमडौं । विभिन्न अस्पतालहरूले विगतमा खरिद गरेका करोडौँ मूल्यका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार कोशी अस्पतालमा भेण्टिलेटर लगायत २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैंले खरिद गरेको थियो ।
स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर लगायत ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल, यु।एस।जी मेसिन र ११ थान भेन्टिलेटर, शहीद गंगालाल हृदयरोग केन्द्रमा २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रेलाइजर मेसिन १ थान लगायतका उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको हो ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध कोभिड १९ प्रयोजनको लागि स्थापना भएको बेडको अस्पताल तत्पश्चात डेङ्गु उपचारका लागि प्रयोगमा ल्याइएकोमा हाल भेन्टिलेटर सहितको २० आइसीयु र सो अस्पतालमा प्रयोग भएका २४ करोड ५१ लाख ५२ हजारको उपकरण, ट्रमा सेन्टर अस्पतालमा मुटुरोगको उपचारमा प्रयोग हुने अमेरिकी डलर ५० हजार ५ सयको क्याथल्याब मेसिन तथा २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजारका ५ थान सि आर्म मेसिन र ९९ लाख ६६ हजार मूल्यका ब्याकम्यान काउण्टर बिग्रिएका कारण सञ्चारणमा नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लागत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन सुझाव दिएको छ ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया