Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठऔषधि तथा उपकरणसेती प्रादेशिक अस्पताल : मृर्गौला डायलाइसिस बिरामीको चाप

सेती प्रादेशिक अस्पताल : मृर्गौला डायलाइसिस बिरामीको चाप

आपत्तकालिन अबस्था बाहेका नयाँ बिरामीलाई सेवा दिन नसकिने


धनगढी। सेती प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको चाप बढ्दै जाँदा डायलाइसिस सेवामा समस्या देखिएको छ । बिरामीको संख्या अत्यधिक भएपछि इमर्जेन्सी अवस्थाबाहेक नयाँ बिरामीलाई नियमित डायलाइसिस सेवा दिन कठिन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा हाल २१ वटा डायलाइसिस शय्या छन् । ती शय्यामार्फत दुई सयभन्दा बढी नियमित बिरामीलाई निरन्तर डायलाइसिस सेवा प्रदान गरिँदै आएको छ  ।

बिरामीको चाप क्षमताभन्दा बढी भएपछि अब आपतकालीन अवस्थाबाहेक नयाँ नियमित बिरामीलाई डायलाइसिस सेवा उपलब्ध गराउन नसकिने अवस्था आएको श्रेष्ठले जानकारी दिए  ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको

error: Content is protected !!