डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
दिपायल। डोटीमा पछिल्लो समय ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लाका नौवटा स्थानीय तहमा रहेका पालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट सहज भएको छ ।
घुम्ती अल्ट्रासाउन्ड सेवा जिल्लाका सबै स्वास्थ्य संस्थामा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ देखि जिल्लाका नौवटा स्थानीय तहका एक, एक स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड सेवा आरम्भ गरिएको हो । हाल सेवा विस्तार गरी सबै स्वास्थ्य संस्थामा पु¥याइएको उनले बताए।
ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनका लागि नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिम दिई दक्ष बनाई सेवा प्रभावकारी भइरहेको बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुुख योगेन्द्र शाहीले बताए । बडीकेदार गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रत्येक महिना ५ देखि २० गतेसम्म अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ । गर्भवती र शिशुको अवस्था थाहा पाउन नियमित रुपमा स्वास्थ्य जँचाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, शिशुको वृद्धि विकासलगायतबारे थाहा पाउन सकिने अनमी अञ्जना चन्दले बताईन् । “अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ”, उनले भनिन् , “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी लिन सकिन्छ ।”
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया