सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब
मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले क्याथ ल्याब सेवा सुरू गरेको छ । शुक्रबारबाट कैलाली गोदावरी नगरपालिका २ अत्तरीयामा रहेको अत्तरिया हस्पिटल प्रा.लि. ले औपचारिक रुपमा क्याथ ल्याब सेवा सुरु गरेको हो ।
वि.सं.२०७९ सालमा स्थापना भएको अत्तरिया अस्पताल हाल १०० शय्या संचालनमा रहेको छ । सुदूरपश्चिममा मुटु रोग सम्बन्धि बिरामीको उपचारका लागि क्याथ ल्याब नहुँदा काठमाडौं वा भारत रिफर जानुपर्ने बाध्यता छ ।
अस्पतालका प्रबन्धक निर्देशक डिल्लीराज पाठकले सुदुरपश्चिम प्रदेशमा करिब १५ करोडको लागतमा अत्याधुनिक उपकरण भित्र्याएको बताए । औपचारिक उद्घाटन हुनुभन्दा अगाडि २ हप्तामा २७ जना बिरामीको क्याथ ल्याबमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

क्याथ ल्याब मुटु रोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने अस्पतालले जनाएको छ । यसका साथै मुटुरोग विशेषज्ञ डा. कृष्णचन्द्र अधिकारी, डा. चित्रराज शर्माले पनि सेवा दिने अस्पतालले जनाएको छ ।
सुदूरपश्चिममा कुनै पनि सरकारी अस्पतालमा समेत क्याथ ल्याब सेवा सुरु हुन सकेको छैन । अत्तरिया अस्पतालले क्याथ ल्याब सेवा सुरुसँगै मुटुका इमर्जेन्सीका बिरामीहरुलाई जीवनरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया