२२ हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार
काठमाडौँ। ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ ।
यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य ‘रेकर्डिङ’ प्रणाली विकास गरेको हो ।
यसमार्फत विद्यार्थीहरूको डिजिटल स्वास्थ्य प्रोफाइल तयार पारिँदै आएको र जसमा विद्यालयमा भएका सबै स्वास्थ्यसम्बन्धी क्रियाकलाप व्यवस्थित रूपमा अभिलेख गरिएको जनाइएको छ ।
हाम्रो हेल्थका संस्थापक डा प्रशान्त भट्टराईले सरकारको ‘एक विद्यालय, एक नर्स’ नीति, मध्याह्न भोजन, खोप, ‘डिवर्मिङ’, आयरन÷भिटामिन वितरण जस्ता कार्यक्रमहरू बढ्दै गएका बेला विद्यार्थीले स्वास्थ्यको व्यवस्थित ‘डाटाबेस’ नहुनुले सरकारले वास्तविक समयमा तथ्याङ्क पाउन नसक्ने अवस्था रहेको बताए ।
उनका अनुसार यस संस्थाले विद्यार्थी, अभिभावक, विद्यालय र नगरपालिकालाई तथ्य–आधारित निर्णय लिन सहयोग गर्ने बलियो विद्यार्थी स्वास्थ्य तथ्याङ्क बनाइरहेको छ ।
प्रोफाइलमा सरकारले सञ्चालन गर्ने खोप, आयरन र भिटामिन वितरण, कीरा मार्ने (डिवर्मिङ) कार्यक्रमहरू, विद्यालयमा हुने निजी क्षेत्रका स्वास्थ्य परीक्षणहरूलगायत विद्यालय नर्सहरूले दिने प्राथमिक उपचार तथा तत्कालीन स्वास्थ्य सेवाबारे समेटिने भट्टराईले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा भएका हरेक स्वास्थ्यसम्बन्धी क्रियाकलाप समेट्ने दीर्घकालीन र व्यवस्थित अभिलेख समेट्नु नै संस्थाको प्रमुख कार्य हो ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया