वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा
काठमाडौं । वीर अस्पतालमा सर्जिकल आईसीयु सञ्चालनमा आएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ९ शैय्याको सर्जिकल आईसीयुको उद्घाटन गरेका हुन् ।
संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्रालयको नीतिअन्तर्गत वीरमा आईसीयु कक्ष थप गरिएको अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले बताए ।
अब अपरेशन सकिएका बिरामी वार्डमा रहने हुँदा अपरेशनका लागि एआईसीयु बेड पर्खिरहेका बिरामीका लागि बेड थप भएको छ । हाल एआईसीयु कक्षमा १४ बेड उपलब्ध छन् ।
जसमा अपरेशनका लागि तथा अपरेशन पश्चातका दुवै बिरामी राख्नुपर्ने बाध्यता छ । तर, बेग्लै सर्जिकल आईसीयु कक्षले त्यो समस्या हटाएर आईसीयुको क्षमता बढाएको छ ।
मन्त्री पौडेलले संघीय अस्पतालहरुको सेवा विस्तार तथा सुधारका लागि मासिक योजना बनाउन भनेपछि स्वास्थ्य सचिव डा। विकास देवकोटाले मासिक कार्ययोजना तयार पार्न थालेका छन् । गत चैत्रमा पनि १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार भएको थियो ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया