‘सन् २०३० भित्र कुष्ठरोग नियन्त्रणको लक्ष्य प्राप्ति हुनेछ’
ललितपुर । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले तीनै तहको सरकारको समन्वयमा सन् २०३० भित्र कुष्ठरोग नियन्त्रणको लक्ष्य प्राप्ति हुने बताएका छन्।
‘द लेप्रेसी मिसन नेपाल’ले सोमबार ‘शून्य कुष्ठरोगका लागि सँगै काम गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय प्रसार कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा निर्देशक झाले दिगो विकास लक्ष्यअनुसार नेपालले विश्व समुदायसामु गरेको प्रतिबद्धताअनुसार कुष्ठरोग उन्मूलन गर्न सफल हुने जिकिर गरेका थिए ।
“कुष्ठरोग प्रभावित क्षेत्रमा दक्ष जनशक्ति थोरै छ, थप तालिम दिएर खोज र निगरानी प्रणालीलाई जोड दिएका छौँ, प्रत्येक स्थानीय तहभित्रका स्वास्थ्य संस्था र अस्पतालमा कुष्ठ प्रभावितलाई निःशुल्क उपचार सेवा दिने नीति छ”, उनले भने ।
द लेप्रेसी मिसन इन्टरनेसनलका अन्तरराष्ट्रिय निर्देशक बेन्ट मर्गनले कुष्ठरोग नियन्त्रण एवं उन्मूलनका लागि नेपालले गरेका कार्यहरू विश्वस्तरमै उदाहरणीय रहेको बताए ।
नेपाल अपाङ्ग महासङ्घ नेपालका पूर्वअध्यक्ष मित्रलाल शर्माले समाजलाई बदल्न र स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न गैरसरकारी संस्थाहरूले उत्कृष्ट काम गरेको उल्लेख गरे ।
आइडिया नेपालका अध्यक्ष दिनेश बस्नेतले द लेप्रेसी मिसन नेपालले कुष्ठरोगको उपचारमा अन्य अस्पतालको तुलनामा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रशंसा गरे ।
सो संस्थाका अध्यक्ष अशोक अधिकारीले कुष्ठरोगीहरुको दर्दनाक कथा सुनाउँदै बिरामीलाई गरिने राम्रो व्यवहारले उपचार सेवालाई प्रभावकारी बनाउन सम्भव भएको बताए।
आजभन्दा सात दशक अगाडि सन् १९५७ बाट सुरु भएको कुष्ठरोग नियन्त्रण अभियानले रोग उन्मूलनका लागि आशा, रोगबाट पीडितहरूका लागि सम्मान समेत जगाएको छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया