सुदूरपश्चिम प्रदेशमा बिशेषज्ञ क्लनिक संचालनको लागि नयाँ मापदण्ड
पुर्वाधार,जनशक्ति,औजार,उपकरण सँगै औषधी पनि तोकीयो

धनगढी । सुदूरपश्चिम प्रदेश भित्र संचालन हुने र संचालनमा रहेका बिशेषज्ञ क्लनिकहरुलाई संचालन अनुमति दिने तथा नविकरण गर्न नयाँ मापदण्ड ल्याएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी सामाजिक विकास मन्त्रालयले सो मापदण्ड ल्याएको हो ।
सामाजिक विकास मन्त्रालयले उक्त मापदण्ड मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रदेशमा बिशेषज्ञ क्लनिक संचालन गर्न आवश्यक मापदण्ड पुरा गरी स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने र संचालनमा रहेका बिशेषज्ञ क्लनिकहरुले स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पुरा गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै गरी, स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पुरा गर्न दिएको समयभित्र पुरा नगरेमा बिशेषज्ञ क्लनिकको अनुमति रद्ध गरीने समेत सो मापदण्डमा उल्लेख छ ।
बिशेषज्ञ क्लनिकको लागि आवश्यक पर्ने पुर्वाधार, जनशक्ति, औजार, उपकरण लगायत साहायक सामाग्री सँगै आकस्मिक तथा अत्याबश्यक औषधीको समेत उपलब्धता हुनुपर्ने र सेवा ग्राहीलाई ओपिडी , प्रयोगशाला फार्मेसी लगायतको बिल तथा रसिद अनिवार्य रुपमा दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
बिशेषज्ञ क्लनिकहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिक रुपमा स्थानिय तह अन्र्तगतको सरकारी अस्पताल, प्रयोगशाला भएको स्वास्थ्य चौकीमा कम्तीमा एक दिन नि शुल्क ओपिडी सेवा संचालन गर्ने लिखित प्रतिबद्धता गर्नुपर्ने सो मापदण्डमा उल्लेख छ ।
ताजा अपडेट
- सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने
- सुदूरपश्चिम प्रदेशमा बिशेषज्ञ क्लनिक संचालनको लागि नयाँ मापदण्ड
- वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल
- मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप
- सुदूरपश्चिम प्रदेशमा पहिलो पटक फिजियोथेरापीको डिप्लोमा कोर्स पढाई हुदै
- बयलपाटा अस्पताललाई प्रदेश मातहतमा ल्याउने प्रक्रिया अघि बढ्यो
- जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तरराष्ट्रिय मुद्दा बनाउने घोषणा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
धेरैले पढेको
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- अस्पतालमै थन्कियो सरकारी लगानी, नि:शुल्क पुग्छन् करोडौंका उपकरण
तपाईको प्रतिक्रिया