नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि
काठमाडौं। नेपालमा पछिल्ला वर्ष औषधिको व्यापारमा वृद्धि भएको छ । नेपाल औषधि उत्पादक संघ९एपोन०ले सार्वजनिक गरेको सेल्डडाटा अनुसार अघिल्लो आर्थिक वर्षमा औषधिको विक्री २० प्रतिशत बढेको देखिएको छ ।
एपोनले शुक्रबार आर्थिक वर्ष २०८०र२०८१ को सेल्ड डाटा सार्वजनिक गरेको थियो । जसनुसार उक्त आर्थिक वर्षमा मा ३५.२ अर्बको औषधि उद्योगहरूले विक्री गरेका छन् ।
यो विक्री एपोनको सदस्य रहेका ७६ मध्ये ६७ औषधि उद्योग रहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए । ११ उद्योग भने यो अवधिमा औषधिको कारोबार गरेका छैनन् ।
बरालका अनुसार आर्थिक वर्ष २०७९र२०८० मा २९.३६ अर्बको औषधि विक्री भएको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा आर्थिक वर्ष २०८०/२०८१ को विक्रीमा १९.९ प्रतिशत ग्रोथ देखिएको हो।
पछिल्ला ३० महिनामा नेपालमा कुनै नयाँ औषधि कम्पनी स्थापना नभएको उपाध्यक्ष बरालले बताए । पुराना र नयाँ कम्पनीको ग्रोथमा भने धेरै भिन्नता रहेको एपोनले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । २० प्रतिशत ग्रोथमा नयाँ कम्पनीको ग्रोथ १७ प्रतिशत र पुराना कम्पनीको ग्रोथ ३ प्रतिशत रहेको बरालले जानकारी दिए ।
सार्वजनिक गरिएको आँकडाअनुसार नेपाली औषधि उद्योगको सेल्स कम्तिमा ६ करोडदेखि धेरैमा ३५० करोडसम्म रहेको छ । ४५ उद्योगले १५ करोड भन्दा कमको औषधि विक्री गरेका छन् भने । ६ उद्योगले १०० करोड भन्दा बढी विक्री गर्दा २५० करोड भन्दा बढी औषधि विक्री गर्ने उद्योग ५ रहेका छन् ।
एपोनले हरेक वर्षको औषधि सेल्सको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । नेपाली उद्योगका औषधि नेपालबाहेक विभिन्न एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी देशमा समेत जाने उपाध्यक्ष बरालले बताए ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया