विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम संचालन
काठमाडौँ । उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा ल्याइएको छ ।
नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेसनल भारतको आर्थिक एवं प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय तालिम सञ्चालनमा ल्याएको हो । आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने ‘क्लिनिकल’, ‘पारामेडिक्स’, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीलाई तालिम प्रदान गरेर दक्ष जनशक्तिका रूपमा विकसित गर्ने ध्येयले आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय तालिम परियोजना समेत ती दुई सस्थाले सञ्चालनमा समेत ल्याएका छन् ।
परियोजनाले विशेष गरेर समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई सहयोग पुर्याउने दाबी गरिएको छ । साथै नेपालबाट उपचारपछि निको हुने अन्धोपना निवारण गर्न तालिममार्फत निस्केका जनशक्तिले कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ ।
तालिम परियोजना सञ्चालन गर्न नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द र अर्विस इन्टरनेशनल भारतका निर्देशक डा ऋषिराज बोराहले हालै विराटनगरमा द्विपक्षीय सम्झौैैतापत्रमा हस्ताक्षर गरे । दुई संस्थाका बीचको सहकार्यले नेपालमा आँखा उपचारसम्बन्धी ‘डिजिटल’ तालिम ‘हब’का रुपमा विकसित गर्ने बताइएको छ ।
सङ्घका महासचिव चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम सञ्चालनका लागि यो परियोजना सञ्चालन गरिएको हो । उहाँले भविष्यमा आवश्यकतानुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम सञ्चालन गरिने बताए ।
अर्विस इन्टरनेसनलका निर्देशक डा बोराहले भने, “नेपालले आँखा स्वास्थ्य एवं उपचारका क्षेत्रमा गरेको प्रगति विश्वमै उदाहरणीय छ, अब विश्वस्तरमै सञ्चालन हुने क्षमता अभिवृद्धि तालिम नेपालमा नै सञ्चालनका लागि नेत्रज्योति सङ्घसँगको सहकार्यमा यो परियोजना सञ्चालन हुने छ ।”
तालिममा सहभागी हुनेहरूले भौतिक रूपमा आफैँ उपस्थित भएर वा स्याण्डबीच ब्लेन्डेड लर्निङ एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतियाबिन्दु, ऐन्टेरियर सेगमेन्ट, भिट्रियो रेटिना, जलबिन्दु, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम, वेट ल्याब व्यवस्थापनलगायत अप्थाल्मिक विधामा तालिममा सहभागी हुनसक्ने जनाइएको छ । यसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल कीटजस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग हुने छ ।
अर्विसको साइबर साइट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र अस्पतालमा आधारित ख्यातिप्राप्त विषयविज्ञद्वारा सहजीकरण गरिने तालिम नियमित रूपमा सञ्चालन गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै यो परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालका सम्पूर्ण आँखा अस्पताल, मेडिकल कलेज, निजी आँखा अस्पताल, स्वास्थ सेवा प्रतिष्ठान, सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाका जनशक्ति पनि सहभागी हुन सक्नेछन् ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार परियोजना सञ्चालनका लागि हाललाई विराटनगर आँखा अस्पतालमा तालिम सञ्चालनका लागि आवश्यक सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल कीटलगायत स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई तालिम सञ्चालन भएको छ । उहाँले विस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा यो परियोजना विस्तार हुने जानकारी दिए ।
यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचारपछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुङ्गाा सावित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले नेपालमा नै पहिलोपटक परियोजनामार्फत यस प्रकारको विश्वस्तरीय तालिम सञ्चालन गरिने बताए।
सङ्घका कार्यक्रम व्यस्थापक रञ्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तिलाई लक्षित गरी तालिम सञ्चालन गरिने छभने अर्को वर्षदेखि अन्य देशका जनशक्तिका लागि पनि खुला गरिने छ । परियोजनाअन्तर्गत प्रकृति हेरी एकहप्ते, एकमहिने, तीनमहिने, एकवर्षे र दुईवर्षे तालिम सञ्चालन हुनेछन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखा सञ्जालमार्फत नेपाली तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया