सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन पछि झाडापखाला हुने दरमा कमी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मानिसको स्वच्छता व्यवहारमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा मदन उपाध्यायका अनुसार एक वर्षभित्र स्वच्छता व्यवहार दुई प्रतिशतबाट वृद्धि भइ ५३ प्रतिशत पुगेको छ । प्रतिवेदनमा कार्यक्रममार्फत खोप ‘कभरेज’मा वृद्धि, ‘ड्रपआउट’ तथा खोप खेर जाने दरमा कमी र पखाला रोगको दर १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको उल्लेख छ ।
स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता पनि उल्लेखनीय रूपमा अभिवृद्धि भएको तथा स्वास्थ्यकर्मीको आत्मविश्वास र कार्यक्षमता बढेको तथा समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सकारात्मक प्रभाव परेको प्रतिवेदनमा जनाइएको छ ।
सरकारले सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी गरी चार जिल्लामा नमुनाका रूपमा सो कार्यक्रम सुरु गरेको थियो । त्यसपश्चात् सन् २०२० मा रोटाभाइरस खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गर्ने क्रममा उक्त नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रम ७७ वटै जिल्लामा विस्तार गरिएको विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
‘स्वच्छ परिवार, सुखी परिवार’ भन्ने नाराका साथ सञ्चालन भएको यस कार्यक्रममा पूर्ण खोप र सबै सरसफाइ सत्र पूरा गर्ने परिवारलाई ‘नमुना परिवार’ का रूपमा सम्मानसमेत गरिँदै आइएको छ ।
- # निर्देशक डा मदन उपाध्याय
- # परिवार कल्याण महाशाखा
- # स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
- # स्वास्थ्य सेवा विभाग
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया