Techie IT
  • आईतबार, चैत्र २२, २०८२ / Monday, April 6, 2026
गृहपृष्ठमुख्य समाचार‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’

‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम चालेको बताएकी छिन् ।

मन्त्रालयमा आईतबार कर्मचारीहरुसँगको कार्यक्रममा मन्त्री डा गौतमले औषधि तथा उपकरण खरिद प्रक्रिया, औषधि व्यवस्थापन र स्वास्थ्य बीमाको क्षेत्रमा आफूले समस्या पहिचान मात्र नभइ समाधानतर्फ कदम पनि चालेको बताईन् । उनले आफूले चुनौतिका बीच मन्त्रालयको नेतृत्व गरेको उल्लेख गर्दै प्राथमिकतामा राखेका कामले प्रगति हासिल गरेको बताईन् ।

“मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा थाहा थियो मन्त्रालयको काम चुनौतीपूर्ण छ, तर त्यहाँ ठूलो सम्भावना पनि छ,” मन्त्री डा गौतमले भनिन्, “ आज निर्वाचन सम्पन्न भएको छ । नयाँ सरकार बन्दै छ, यस्तो समयमा म यहाँबाट बिदा लिँदै गर्दा तपाईंको कामप्रति सम्मान र हामीले सँगै हासिल गरेका प्रगतिप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”

मन्त्री डा गौतमले मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य, उच्च जोखिम भएका प्रदेशमा मातृ तथा शिशु स्वास्थ्यमा पनि सुधार गरेको बताइृन्। “स्वास्थ्य बीमाभित्र झन्डै एक दशकदेखि थुप्रिएका विकृतिका चाङ मसिनोसँग केलायौँ र सुधारका कार्य अगाडि बढाइसकेका छौँ,”उनले भनिन्, “बीमाले भोगेको आर्थिक समस्या केही हदसम्म कम हुनेछ ।”

पाँच महिनामा आफूले औषधि व्यवस्था विभागको स्तरवृद्धिको योजना, राष्ट्रिय औषधि प्रयोगशालाका लागि नयाँ भवन निर्माणको गुरुयोजना र मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार पार्र्ने कार्य अन्तिम चरणमा पु¥याएको मन्त्री डा गौतमले उल्लेख गरीन् । उनले औषधिमा गरेको कामले भविष्यमा औषधिको गुणस्तर, मूल्य, र नवप्रवर्तनको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गरीन् । देशभरिका सबै सङ्घीय अस्पतालमा मनोपरामर्श केन्द्र स्थापना गरेको उनले बताईन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केदारबहादुर ढकाल, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, मन्त्रालय मातहतका केन्द्र तथा अस्पतालका निर्देशकलगायतको उपस्थिति थियो ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!