घामले डढेको अनुहार सुन्दर बनाउने घरेलु उपचार

सुन्दर अनुहार हरेक मानिसको सपना हुन्छ । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । घाममा डढेर छाला कालो हुनबाट बच्न निकै कठिन हुन्छ ।
खासमा मौसम बदलिएसँगै छालाको हेरचाह पनि बदल्नुपर्ने हुन्छ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।
अनुहार खुला हुने भएकोले घाममा डढेर छाला कालो हुने गर्छ । घाममा डड्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अपनाउन सकिन्छ ।
– घामले डढेको हटाउनका लागि घरमा नै स्क्रब बनाउन आवश्यक सामग्री
काचों दुध, थोरै कागती को रस ,चामलको पिटो यो सबै मिलाउने र १०- १५ मिनेट अनुहारमा अथुवा जहाँ घाम ले डढेको छ त्यस भाग मा राम्रोसँग मसाज गर्ने । मसाज पछि राम्रो सँग अनुहार धुने त्यस पछि अनुहारमा मोइस्चराइजर र सन्स्क्रीन लगाएने । यो स्क्रब हप्ता मा २-३ पटक सम्म प्रयोग गर्न सकिन्छ ।
सुन्दर र आकर्षक अनुहार सबैको चाहाना हुन्छ तर सुन्दर बनाउने भन्दैमा बजारमा पाइने जुन सुकै सामग्रीहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामीले चिकित्सकको सल्लाह वा आफ्नो छालाको प्रकार अनुरूप कस्मेटिकका सामानहरू प्रयोग गर्नु पर्छ ।
आफ्नो अनुहारको वा छालाको हेरचाह कसरी गर्ने ?
- बिहान उठिसकेपछि र बेलुका बाहिरबाट घर पुगिसकेपछि मज्जाले मुख धुनु पर्दछ ।
- आवश्यक र आफ्नो छालाको प्रकृति अनुसार मोइस्चराइजरले अनुहार मसाज गर्नु पर्दछ ।
- घरबाट बाहिर जाँदा वा घर मै बस्दा पनि २-३ पटक सम्म सनस्क्रिनको प्रयोग गर्ने ।
- आफ्नो छालाको प्रकृति हेरेर मेकअप गर्ने
- धेरै पानी पिउने
- खानपान र व्यायाम ध्यान दिने
- बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउन
- कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने
- सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने
- अनावश्यक रूपमा बाहिर घाममा नजाने
छाला गोरो बनाउन यी बाहेक काँक्रो, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । तर कुनै पनि सामग्रीको प्रयोग गर्दा आफ्नो छाला को प्रकार हेरी मात्र प्रयोग गर्नु ।
ताजा अपडेट
- गाजामा ’ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी
- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य संस्था ‘पेपरलेस’ बन्दै
- स्वास्थ्य बीमा नवीकरणको लागि एक महिनाअघि नै आवेदन दिनुपर्ने
- स्वास्थ्य मन्त्रालयको एक वर्षः सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी
- बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया
- भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- स्वास्थ्य कार्यालय कैलालीको अनुरोध : नीजि स्वास्थ्य संस्था दर्ता तथा नविकरण गरेर मात्रै संचालन गर्नू
धेरैले पढेको
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- सुदूरपश्चिम प्रदेशमा स्थानिय सेवा ऐन कार्यान्वयनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघको गम्भिर ध्यानाकर्षण
- डडेल्धुराको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने मन्त्रीपरीषदको निर्णय
तपाईको प्रतिक्रिया