घामले डढेको अनुहार सुन्दर बनाउने घरेलु उपचार
सुन्दर अनुहार हरेक मानिसको सपना हुन्छ । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । घाममा डढेर छाला कालो हुनबाट बच्न निकै कठिन हुन्छ ।
खासमा मौसम बदलिएसँगै छालाको हेरचाह पनि बदल्नुपर्ने हुन्छ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।
अनुहार खुला हुने भएकोले घाममा डढेर छाला कालो हुने गर्छ । घाममा डड्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अपनाउन सकिन्छ ।
– घामले डढेको हटाउनका लागि घरमा नै स्क्रब बनाउन आवश्यक सामग्री
काचों दुध, थोरै कागती को रस ,चामलको पिटो यो सबै मिलाउने र १०- १५ मिनेट अनुहारमा अथुवा जहाँ घाम ले डढेको छ त्यस भाग मा राम्रोसँग मसाज गर्ने । मसाज पछि राम्रो सँग अनुहार धुने त्यस पछि अनुहारमा मोइस्चराइजर र सन्स्क्रीन लगाएने । यो स्क्रब हप्ता मा २-३ पटक सम्म प्रयोग गर्न सकिन्छ ।
सुन्दर र आकर्षक अनुहार सबैको चाहाना हुन्छ तर सुन्दर बनाउने भन्दैमा बजारमा पाइने जुन सुकै सामग्रीहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामीले चिकित्सकको सल्लाह वा आफ्नो छालाको प्रकार अनुरूप कस्मेटिकका सामानहरू प्रयोग गर्नु पर्छ ।
आफ्नो अनुहारको वा छालाको हेरचाह कसरी गर्ने ?
- बिहान उठिसकेपछि र बेलुका बाहिरबाट घर पुगिसकेपछि मज्जाले मुख धुनु पर्दछ ।
- आवश्यक र आफ्नो छालाको प्रकृति अनुसार मोइस्चराइजरले अनुहार मसाज गर्नु पर्दछ ।
- घरबाट बाहिर जाँदा वा घर मै बस्दा पनि २-३ पटक सम्म सनस्क्रिनको प्रयोग गर्ने ।
- आफ्नो छालाको प्रकृति हेरेर मेकअप गर्ने
- धेरै पानी पिउने
- खानपान र व्यायाम ध्यान दिने
- बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउन
- कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने
- सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने
- अनावश्यक रूपमा बाहिर घाममा नजाने
छाला गोरो बनाउन यी बाहेक काँक्रो, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । तर कुनै पनि सामग्रीको प्रयोग गर्दा आफ्नो छाला को प्रकार हेरी मात्र प्रयोग गर्नु ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया