अनुहार सुन्दर बनाउने चाहना छ ? त्यसो भए व्युटी फुड्सको प्रयोग गर्नुस्
बजारमा उपलब्ध विभिन्न व्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । यसको सट्टा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न किसिमका खानेकुराको सेवन गरेर अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य प्राप्त गर्न सकिन्छ । अनुहार, छाला तथा सम्पूर्ण शरीरलाई स्वस्थ एवं आर्कषक राख्न सकिने त्यस्ता खानेकुरालाई चिकित्सकीय भाषामा ‘व्युटी फुड्स’ भन्ने गरिन्छ ।
व्युटी फुड्सको नियमित सेवनले रक्तसञ्चार सुचारु हुन्छ, छालाको कोषिका स्वस्थ हुन्छ र अनुहारको सुन्दरता वृद्धि हुन्छ । यस्ता खानेकुराको सेवनले लामो समयसम्म जवान तथा सुन्दर देखिन सकिन्छ ।
- दही
क्याल्सियम तथा फस्फोरसको खानी दहीले दाँतलाई मजबुती प्रदान गर्नुका साथै दाँतको क्याविटी हुनबाट बचाउँछ । दहीको नियमित प्रयोगले छाला चम्किलो हुनुका साथै नरम हुन्छ । यसले ओस्टियोपोरोसिस हुनबाट समेत रोक्छ । दहीलाई फेसमास्कको रूपमा समेत प्रयोग गर्न सकिन्छ । सफा अनुहारमा फिटेको दही करिब दश मिनेटसम्म मालिस गरी लगाउनाले अनुहार चम्किलो हुन्छ ।
आधा कम फुल फ्याट दहीमा तीन ठूलो चम्चा मह र एउटा अण्डाको पहेलो भाग हालेर त्यसलाई राम्ररी घोलेर कपालमा करिब १५ मिनेट राख्नाले कपाल आकर्षक तथा मुलायम हुने गर्छ ।
- गाजर/चुकन्दर
गाजर तथा चुकन्दर महत्वपूर्ण भिटामिन तथा खनिज पदार्थले भरिपूर्ण हुन्छ । यिनले एन्टी एजिङ्ग हुनबाट रोक्नुका साथै छालाको बाहिरी सतहलाई स्वस्थ राख्न मद्दत गर्छ । दुई साता लगातार गाजर वा चुकन्दरको रस नियमित सेवन गर्नाले छालामा नसोचेको परिवर्तन देखा पर्छ ।
- सखरखण्ड
सखरखण्डमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । त्यसैले यसलाई ‘एन्टी एजिङ्ग फुड’ पनि भन्ने गरिन्छ । एन्टी एजिङ्ग तत्व भएकै कारण यसको नियमित सेवनले छाला चिल्लो नरम, मुलायम तथा चमकदार हुने गर्छ ।
- लसुन
लसुनले चाउरीपना हुनबाट रोक्नुका साथै छालामा नयाँ कोषिका उत्पादन गर्ने तथा विषाक्तताबाट छालालाई जोगाउँछ । दिनमा एकर दुई पोटी लसुन खाली पेटमा सेवन गर्नाले छाला सम्बन्धी समस्या कम हुने गर्छ । अनुहारमा डण्डीफोर छ भने त्यसमा लसुनको पोटी दल्दा समस्या कम हुन्छ ।
- उमारिएको गहुँ
दिनमा दुईदेखि तीन चम्चा गहुँलाई उमारेर तयार पारिएको टुसालाई खानामा समावेश गर्नाले डण्डीफोर, एक्ने लगायतका छाला सम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै, यसको नियमित सेवनले छालालाई सुन्दर बनाउन सकिन्छ । गहुँको टुसालाई दही, पनीर आदिमा मिलाएर पनि सेवन गर्न सकिन्छ ।
- अमिलो फलफूल
अमला, कागती, सुन्तला लगायतका अमिलो फलफूलले छालालाई स्वस्थ तथा सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यसको सेवन एन्टीअक्सिडेन्टको रूपमा काम गर्छ । त्यति मात्र नभई यस्ता फलफूलको सेवनले छाला कोमल, नरम तथा चम्किलो हुनुका साथै सफासमेत हुने गर्छ ।
- गोलभेँडा
भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त मात्रामा पोटासियम हुन्छ । यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ । टमाटरको प्रयोगले छालालाई सर्न वर्न हुनबाट समेत जोगाउँछ ।
- ओख्खर/आलस
ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा(३ फ्याटी एसिड पाइन्छ । फ्याटी एसिडले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्छ । यसले छाला सम्बन्धी समस्याहरूबाट समेत बचाउँछ ।
- डार्क चकलेट
डार्क चकलेट पौष्टिकता तथा एन्टी अक्सिडेन्ट तत्वले भरिपूर्ण हुन्छ । चकलेटको सेवनले घामको विकीरणबाट छालामा पार्ने असरबाट बचाउनुका साथै रक्तसञ्चार बनाउँछ ।
- ग्रीन टी
ग्रीन टीमा भरपूर मात्रामा पोलीफेनोल एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ, जुले छाला चाउरी पर्नबाट जोगाउँछ । ग्रीन टीको प्रयोगले मुटु सम्बन्धी समस्या तथा क्यान्सरजस्ता रोग लाग्नबाट समेत बचाउँछ । यसमा पाइने प्लावोनाइट तत्व पनि छालाको लागि लाभदायक मानिन्छ । यसले शरीरमा भएका विषाक्तता कम गर्नुका साथै अतिरिक्त तौल कम गर्न मद्दत गर्छ ।
यी बाहेक किसमिस, रातो वा पहेलो भेँडे खुर्सानी, ब्रोकाउली, मेवा तथा बदामको प्रयोगले पनि सौन्दर्यमा निखार ल्याउन ठूलो सहयोग पुर्याउँछ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया