स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
धनगढी । मन्त्री नियुक्त भएपश्चात पहिलो पटक सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाको स्थलगत अनुगमन गर्न गत शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम धनगढी आइन् ।
उनले शनिबार नै गेटा अस्पतालले प्रदान गरिरहेका विशेषज्ञ सेवाहरुको अनुगनसँगै अस्पताल सेवा जनशक्ति, शय्या स्वीकृत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रगतिका विषयमा समेत जानकारी लिइन् ।

स्वास्थ्य मन्त्री गौतमले गेटा अस्पतालका निर्देशक सह—प्रा.डा. प्रमोदकुमार यादवबाट प्रगति समस्या र जानकारी लिइन् । गेटा अस्पतालका निर्देशक डा. यादवले गेटा अस्पतालमा विशेषज्ञ सेवासँगै अस्पतालमा सेवाग्राहीको संख्या वृद्धि हुँदै गइरहेको बताए ।
उनले गेटा अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलो स्तन क्यान्सर परीक्षण गर्न मेमोग्राफी सेवा, प्रदेशमै पहिलो पटक आर्थोस्कोपी सेवा, हिस्टोप्थोलोजीसँगै इन्डोर, आइसीयु, एनआइसीयु, पीआईसीयू , आईभिएफ सेवाका साथै ३ वटा मोडुलर ओटीबाट समेत शल्यक्रिया सेवा समेत प्रदान भइरहेको बताए ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप विशेषज्ञ सेवा विस्तारका लागि ३०० शय्या सञ्चालनको लागि स्थायी स्वीकृतीका साथै आवश्यक विशेषज्ञ जनशक्तिसमेत आवश्यक रहेको बताए ।
२०८० कार्तिक १ गतेदेखि न्यूनतम सेवासहित सञ्चालनमा आएको गेटा अस्पतालले हाल संघमा दरबन्दी रहेका चिकित्सकसँगै अस्थायी दरबन्दीमा स्वास्थ्यकर्मी भर्ना गरी सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख डा. यादवले बताए ।

गेटा अस्पतालको स्थलगत अनुगगन पश्चात स्वास्थ्य तथा जनसंख्यामन्त्री गौतमले सरकारका विभिन्न मन्त्रालयको सहकार्यमा अस्पतालसँगै शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने बताइन् । ‘शिक्षा तथा स्वास्थ्य दुई वटै मन्त्रालयको प्राथमिक दायित्व हो । मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।

ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया