एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
काठमाडौँ । नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो ।
स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषत्र डा झविन्द्र भण्डारीले जानकारी दिए ।
सो पहलका बारेमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको पहल सुरु गरिएको बताए ।
कार्यक्रममा विभागका व्यवस्थापन महाशाखाका प्रमुख केशव पण्डितले नेपालको संविधान र विभिन्न नीति, कानुनमा नागरिकका स्वास्थ्य अधिकारका बारेमा उल्लेख भए पनि त्यसको जानकारी आम नागरिकका सहज ढङ्गबाट पुग्न नसकिरहेको अवस्थामा यस किसिमको पहल आवश्यक रहेको बताउँदै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा पनि यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अधिवक्ता रुपनारायण श्रेष्ठले विद्यमान कानुनमा भएको स्वास्थ्यसम्बन्धी प्रावधान र त्यसलाई एकीकृृत र ‘डिजिटलाइज्ड’ गराउने क्रममा भएका पहलहरुका बारेमा जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभागले चार वर्षअघि एकीकृत स्वास्थ्य प्रणालीसम्बन्धी दशवर्षे मार्गचित्र तयार गरी कार्यानवयनमा ल्याएको छ । यसमा समग्र स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत र ‘डिजिटलाइज्ड’ गरी आम जनतालाई यसम्बन्धी सहज सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कानुनी र नीतिगत तहमा स्वास्थ्य सूचनालाई आम जनताले सहज रुपमा उपयोग गर्नसक्ने क्षमताको विकास गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया