Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठप्रदेशशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त


धनगढी। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। मंगलबार शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो।

शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा डाक्टर खेमराज जोशीलाई नियुक्त गरेको सभाका सदस्य डाक्टर डम्बर पालले बताए ।

यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो ।

सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि तीन जनाको नाम सिफारिस गरेको थियो। रजिष्ट्रार लागि सिफारिस गरिएको दुई जनाको नाम वैकल्पिक सूचीमा राखिएको छ ।

सिफारिस समितिले उपकुलपतिका लागि आवेदन नपरेपछि तेस्रो पटक सूचना जारी गरेपछि मात्रै दुई जनाको आवेदन परेको थियो। सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक र मङ्सिर २३ गते तेस्रो पटक आवेदन माग गरेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको

error: Content is protected !!