Techie IT
  • शनिबार, पुस १२, २०८२ / Saturday, December 27, 2025
गृहपृष्ठमुख्य समाचारनेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा


काठमाडौँ। नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा विजय थापा निर्वाचित भएका छन् ।

आठौँ वार्षिक साधारणसभाबाट थापको नेतृत्वमा १० सदस्यीय पदाधिकारी चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा नृपेश राजभण्डारी, महासचिवमा डा दिनेश कोइराला, सचिवमा डा जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा बालमुकुन्द बस्नेत र सहकोषाध्यक्षमा डा शिरिष सिलवाल चयन भएका हुन्।

यसैगरी, सदस्यहरुमा डा हीरामणि पाठक, डा निशान्त सिंह, डा अनु महर्जन र डा सुलोचना दाहाल चयन भएका छन् ।

सन् २०१५ मा स्थापना भएको यस संस्था हाल विभिन्न विधाका ३५ जना बाल चिकित्सकको आबद्धता छ ।

नवनियुक्त अध्यक्ष डा थापाले नेपालमा बाल शल्य चिकित्सकको सङ्ख्या न्यून रहेको र उपलब्ध जनशक्तिले पनि जागिर पाउन नसकेको बताए। उनले भने, “विशेषज्ञ कम हुँदा बाल शल्यक्रियामा अपेक्षाअनुसारको उपलब्धि हुन सकेको छैन । विशेषज्ञ उत्पादन गर्न सरकारले प्राथमिकतमा राख्नुपर्छ । सबै प्रदेशमा बाल शल्य चिकित्सक पु¥याउनुपर्छ ।”



तपाईको प्रतिक्रिया

error: Content is protected !!