नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
काठमाडौँ। नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा विजय थापा निर्वाचित भएका छन् ।
आठौँ वार्षिक साधारणसभाबाट थापको नेतृत्वमा १० सदस्यीय पदाधिकारी चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा नृपेश राजभण्डारी, महासचिवमा डा दिनेश कोइराला, सचिवमा डा जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा बालमुकुन्द बस्नेत र सहकोषाध्यक्षमा डा शिरिष सिलवाल चयन भएका हुन्।
यसैगरी, सदस्यहरुमा डा हीरामणि पाठक, डा निशान्त सिंह, डा अनु महर्जन र डा सुलोचना दाहाल चयन भएका छन् ।
सन् २०१५ मा स्थापना भएको यस संस्था हाल विभिन्न विधाका ३५ जना बाल चिकित्सकको आबद्धता छ ।
नवनियुक्त अध्यक्ष डा थापाले नेपालमा बाल शल्य चिकित्सकको सङ्ख्या न्यून रहेको र उपलब्ध जनशक्तिले पनि जागिर पाउन नसकेको बताए। उनले भने, “विशेषज्ञ कम हुँदा बाल शल्यक्रियामा अपेक्षाअनुसारको उपलब्धि हुन सकेको छैन । विशेषज्ञ उत्पादन गर्न सरकारले प्राथमिकतमा राख्नुपर्छ । सबै प्रदेशमा बाल शल्य चिकित्सक पु¥याउनुपर्छ ।”
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया