Techie IT
  • शनिबार, पुस १२, २०८२ / Saturday, December 27, 2025
गृहपृष्ठमुख्य समाचारनेपाल चिकित्सक संघ निर्वाचन : डा. रावलको नेतृत्वको समूहको उम्मेदवारी दर्ता

नेपाल चिकित्सक संघ निर्वाचन : डा. रावलको नेतृत्वको समूहको उम्मेदवारी दर्ता

सुदूरपश्चिमबाट डा निरज अर्याल


काठमाडौं । नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।

संघको कार्यालयमा डा. रावलको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ।

अध्यक्षमा डा रावल नेतृत्व टिममा वरिष्ठ उपाध्यक्षमा डा किर्तीपाल सुवेदी, उपाध्यक्ष तथा प्रदेश संयोजकहरु डा. टंक बाराकोटी (कोशी), डा.उदय नारायण सिंह (मधेश), डा. अरुण शाही (बागमती), डा. यज्ञराज सिग्देल (गण्डकी), डा. सन्तोष पोखरेल (लुम्बिनी), डा. रविन खड्का (कर्णाली), डा.निरज अर्याल (सुदूरपश्चिम) उम्मेदवारी दिएका छन् ।

महासचिव मा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल र सहसचिव डा. रामजीवन प्रसाद, सह कोषाध्यक्षमा डा. सुवास गुरुङले उम्मेदवारी दिएका छन् ।

सदस्यहरुमा डा.अमित झा, डा. अरुण उप्रेती, डा.निराजन तामाङ, डा. जेविना अन्सारी, डा.दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!