‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा जनचेतना र अभियान जरुरी’
काठमाडौँ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा जनचेतनामूलक अभियान जरुरी रहेकामा सरोकार भएका निकायले जोड दिएका छन् ।
सुर्ती उद्योगसँग सम्बन्धित जोखिम, चुनौती र आगामी रणनीतिबारे केन्द्रित ‘सुर्ती उद्योगको जोखिमपूर्ण जालो उजागर र प्रतिरोध गर्दैः आगामी दिनका लागि रणनीतिक दिशानिर्देशन’ विषयक अन्तरक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनले हुने हानीका बारेमा जनचेतना जगाउनु जरुरी रहेको सरोकार भएका निकायले जोड दिएका हुन् ।
एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीति, नियम र कानुन बने पनि कार्यान्वयनको गति भने कमजोर रहेको बताईन् ।
“भावी पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउन अब गम्भीर रूपमा काम गर्न जरुरी छ”, उनले भनिन्, “उपभोक्ताले प्रयोग नै नगर्ने वातावरण बनाउन सक्यौँ भने उद्योग स्वयं कमजोर भएर बन्द हुने अवस्था आउँछ । जनचेतना, अभिप्रेरणा र व्यवहार परिवर्तनका अभियानलाई अझै सुदृढ गर्नुपर्छ ।”
डा थपलियाले सुर्तीजन्य पदार्थका कारण नसर्ने रोगको जोखिम अत्यधिक बढ्दै गएको जनाउँदै यसको उपचारमा सरकारले ठूलो खर्च गर्नुपरिरहेको उल्लेख गरीन् । उनले निकट भविष्यमा सुर्ती त्याग्न प्रोत्साहन गर्ने नयाँ राष्ट्रिय अभियान सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिईन् ।
‘टोबाको कन्ट्रोल एसिया प्यासिफिक–भाइटल स्ट्रेटेजी’का निर्देशक डा तारासिंह बमले नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थका कारण ज्यान जानेको सङ्ख्या बढ्दो अवस्थामा रहेको जानकारी दिए । “सन् २०२३ मा मात्र ३९ हजार २०० जनाको मृत्यु सुर्तीजन्य कारणले भयो”, उनले भने, “कर वृद्धि नै सुर्ती नियन्त्रणको सबैभन्दा प्रभावकारी रणनीति हो । सँगै ‘प्लेन प्याकेजिङ’ जस्ता कदम आवश्यक छन् ।”
डा बमका अनुसार सुर्ती नियन्त्रणका क्षेत्रमा जनचेतना, बजेट र सरकारी तत्परताको अभाव अझै चुनौती बनेको छ । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय बलियो नहुँदा प्रभावकारी नियन्त्रण सम्भव नदेखिएको उल्लेख गरे ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया