नेपालमै मुटु प्रत्यारोपणको तयारी
भक्तपुर। मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १३ औँ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञानको विशिष्ट र जटिल विषय मानव अङ्ग प्रत्यारोपणमध्ये अब नेपालले मुटु प्रत्यारोपण तयारी गरिरहेको बताए ।
मन्त्री पौडेलले प्रत्यारोपण तथा उपचार जति महँगो र जटिल भए पनि सहुलियतपूर्ण बनाउनेतर्फ लाग्नुपर्ने बताए। उनले सरकारले मिर्गौला प्रत्यारोपणमा चार लाख र औषधी खर्चबापत एक लाख रुपियाँ दिँदै आएको जानकारी दिँदै अन्य रोगको उपचारमा पनि त्यही अनुसार सुविधा उपलब्ध गराउनुपर्ने बताए।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा बिरामीको सङ्ख्या बढे पनि भौतिक संरचना सीमित हुँदा उपचारमा समस्या आएको बताए । सरकारले जग्गा उपलब्ध गराउन नसक्दा प्रत्यारोपण सेवा खुम्चिन पुगेको भन्दै उनले सरकारले तत्काल जग्गा उपलब्ध गराउन सके केन्द्रलाई पाँच सय शय्यामा सञ्चालन गर्न सकिने बताए ।
निःशुल्क उपचार सुरु
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारीबाट फर्किएकाको निःशुल्क ओपिडी सेवा सुरु गरिएको छ । केन्द्रको १३ औँ स्थापना दिवसका अवसरमा सेवा सुरु गरिएको हो । मन्त्री प्रदीप पौडेलले सेवाको उद्घाटन गरे । सेवालाई चरणबद्ध विस्तार गर्दै लगिने छ ।
केन्द्रकी मिर्गौला रोग विभागकी प्रमुख डा.कल्पनाकुमारी श्रेष्ठका अनुसार पहिलो चरणमा ओपिडी सेवा निःशुल्क प्रदान गरिने छ । साथै परामर्शसमेत दिइने छ । “हामीले अहिले ओपिडी सेवा निःशुल्क दिने भनेका छौँ । पछि यसमा जाँचलगायतका कुरा निःशुल्क गर्दै चरणबद्ध रूपमा गर्ने छौँ,” डा. श्रेष्ठले भनिन्, “वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकको मिर्गौला बिग्रेको हुन सक्छ । यहाँ आएर जाँच गर्दा समयमै पत्ता लागोस् भनेर यो गर्न लागेका हौँ ।”
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया