नेपालमै मुटु प्रत्यारोपणको तयारी
भक्तपुर। मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १३ औँ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञानको विशिष्ट र जटिल विषय मानव अङ्ग प्रत्यारोपणमध्ये अब नेपालले मुटु प्रत्यारोपण तयारी गरिरहेको बताए ।
मन्त्री पौडेलले प्रत्यारोपण तथा उपचार जति महँगो र जटिल भए पनि सहुलियतपूर्ण बनाउनेतर्फ लाग्नुपर्ने बताए। उनले सरकारले मिर्गौला प्रत्यारोपणमा चार लाख र औषधी खर्चबापत एक लाख रुपियाँ दिँदै आएको जानकारी दिँदै अन्य रोगको उपचारमा पनि त्यही अनुसार सुविधा उपलब्ध गराउनुपर्ने बताए।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा बिरामीको सङ्ख्या बढे पनि भौतिक संरचना सीमित हुँदा उपचारमा समस्या आएको बताए । सरकारले जग्गा उपलब्ध गराउन नसक्दा प्रत्यारोपण सेवा खुम्चिन पुगेको भन्दै उनले सरकारले तत्काल जग्गा उपलब्ध गराउन सके केन्द्रलाई पाँच सय शय्यामा सञ्चालन गर्न सकिने बताए ।
निःशुल्क उपचार सुरु
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारीबाट फर्किएकाको निःशुल्क ओपिडी सेवा सुरु गरिएको छ । केन्द्रको १३ औँ स्थापना दिवसका अवसरमा सेवा सुरु गरिएको हो । मन्त्री प्रदीप पौडेलले सेवाको उद्घाटन गरे । सेवालाई चरणबद्ध विस्तार गर्दै लगिने छ ।
केन्द्रकी मिर्गौला रोग विभागकी प्रमुख डा.कल्पनाकुमारी श्रेष्ठका अनुसार पहिलो चरणमा ओपिडी सेवा निःशुल्क प्रदान गरिने छ । साथै परामर्शसमेत दिइने छ । “हामीले अहिले ओपिडी सेवा निःशुल्क दिने भनेका छौँ । पछि यसमा जाँचलगायतका कुरा निःशुल्क गर्दै चरणबद्ध रूपमा गर्ने छौँ,” डा. श्रेष्ठले भनिन्, “वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकको मिर्गौला बिग्रेको हुन सक्छ । यहाँ आएर जाँच गर्दा समयमै पत्ता लागोस् भनेर यो गर्न लागेका हौँ ।”
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया