स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचारण पालना गर्न निर्देश गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचारण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिएका हुन्। उनले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचारणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरिएको बताए ।
समय पालना र नियमितता, अनुशासन, राजनीतिक प्रभाव पार्न नहुने, राजनीतिमा भाग लिन नहुने, सरकारको आलोचना गर्न नहुनेलगायतका आचारण पालन गर्न भनिएको हो ।
यस्तै, सेवा ऐनमा कम्पनीको स्थापना र सञ्चालन, व्यापार–व्यवसाय तथा निजी रूपमा अभ्यास गर्न नहुने, राजनीतिक पदका लागि निर्वाचनमा भाग लिन नपाइने, हडताल र प्रदर्शनी गर्न नपाइनेलगायत आचारण पालना गर्नसमेत भनिएको छ ।
मन्त्रालयले कुनै पनि राष्ट्रसेवक कर्मचारीले कानुनले निर्धारण गरेको अनुशासन र पेसागत आचारण पालना गर्दै आफ्नो जिम्मेवारी निष्ठताका साथ सम्पादन गर्न पनि आग्रह गरेको छ ।
(((
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया