स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा गौतमको दुई महिने कार्ययोजना
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ल्याउनुभएको छ ।
मन्त्री डा गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई महिनाभित्र सेवालाई चाँडो बनाउन योजना ल्याएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मन्त्री डा गौतमले जेनजी घाइतेको उपचार तथा मनोसामाजिक परामर्श सेवा, सहज, नवजात शिशु मृत्युदर र मातृ मृत्युदर लक्षित विशेष अभियान, सुशासन र सेवा प्रवाह, स्वास्थ्य बिमा सुधार, सार्वजनिक खरिद सुधारसम्बन्धी, वैदेशिक श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको स्वास्थ्य सुधारलगायतका तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना ल्याएकी छिन् ।
उक्त योजनाअनुसार दुई महिना सञ्चालन गरेर शिशु मृत्युदर र मातृ मृत्युदर उच्च भएका प्रदेश तथा स्थानीय तहमा मृत्युदर रोकथाम तथा न्यूनीकरणका लागि तीन तहका सरकारको समन्वय तथा सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गर्ने रहेको छ ।
जेनजी घाइतेलाई सबै सङ्घीय अस्प्तालबाट मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ ।
मन्त्री डा गौतमले दुई महिनाभित्रमा सङ्घीय अस्पताल एवम् स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई नागरिक मैत्री बनाउँदै दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने योजना ल्याउनुभएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
यस्तै योजना अनुसार निर्माण भई हस्तान्तरण भएका पाँच, दश र १५ शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि अनुदान उपलब्ध गराउन कार्यविधि स्वीकृत गर्ने उल्लेख छ ।
स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तत्काल दु्रत माध्यमबाट स्वास्थ्य बिमा बोर्डको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, एक महिनाभित्र अस्पतालमा रहेका औजार उपकरणको नियमित मर्मतसम्भार गरी अविच्छिन्न सेवा प्रवाहको व्यवस्था मिलाउने योजनामा उल्लेख छ ।
यस्तै वैदेशिक श्रमका लागि गन्तव्य मुलुकमा जाने नेपाली नागरिकको स्वास्थ्य हेरचाहका लागि प्रस्थानविन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कबाट श्रम स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया