गृहपृष्ठ ∕ मुख्य समाचार ∕ स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम
भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गरिने बताएकी छन् ।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुनबमोजिम उपलब्ध गराउन सरकारले पहल गरिरहेको बताईन् ।
आधारभूत अस्पताल, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध औषधिहरुको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई निर्देशन दिँदै मन्त्री गौतमले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको उल्लेख गरे।
उनले सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु रहेकाले यसबाट सरकार पछि नहट्ने पनि बताए ।
मन्त्री गौतमले भने, “सरकार समयमै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छ, आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन आग्रह गर्दछौँ ।”
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्जवल चालिसेलगायतले अस्पतालको सेवालाई थप व्यवस्थित गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया