‘थानकोटमा करिव एक अर्बमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढ्यो’
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ ।
सो अवसरमा उनीहरुका बीचमा जर्मन विकास बैँक (केएफडब्लू)को करिव एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि –४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो ।
सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिएका थिए।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रुपमा थानकोटमा २५ शथ्याको अस्पताल बन्न लागेको हो । यसका लागि केएफडब्लूले प्रारम्भिक खाका स्वीकृत गर्दै ‘ग्लोबल टेण्डर’का चरणमा पुगेको जनाइएको छ । केएफडब्लूले अस्पतालका लागि करिव एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।
प्राथमिक अस्पताल थानकोट परिसरमा सो विशेषज्ञ अस्पताल भवन बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ ।
नगरपालिकाको सहजीकरण, समन्वय र सहकार्यमा नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर ) तयार पारेका थिए ।
गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाका सहित ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन गर्न केएफडब्लूको केन्द्रिय कार्यालयबाट मिसेल स्वीपर, प्राडा योर्कको सहित उच्चस्तरीय टोली नेपाल आएको थियो ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया