काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त गर्ने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ ।
लक्षित वर्गका लागि उपचार प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न थालिएको हो ।
आज कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ ।
कक्षमा नर्सिङ विषय अध्ययन गरेका तीन जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक कामपाले उपलब्ध गराउनेछ ।
उक्त कक्षबाट कामपाको अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्याउने काम हुने कामपा स्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिए ।
महानगरले विसं २०८० फागुन १ गतेदेखि लक्षित वर्गका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यसमा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नेछन् ।
लक्षित वर्गले तीन वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त सकिने कामपाले जनाएको छ ।
“पहिलो विपन्न परिचयपत्र छ भने सिधैँ अस्पतालमा जान सकिन्छ । दोस्रोमा विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन्”, कामपा स्वास्थ्य विभागका प्रमुख केसीले भने ।
अहिलेसम्म उक्त सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाडजोर्नीको, नाक, कान र घाँटीजस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीले अपरेसनको सुविधा लिइरहेका छन् ।
यस्तै जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाशसम्बन्धी समस्याको उपचार, मूत्र प्रणाली तथा पिसासम्बन्धी सेवा उपलब्ध भइरहेको जनाइएको छ । कामपाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया आबद्ध भएका छन् ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया