स्वास्थ्य मन्त्रालयको निर्देशन : स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक, भत्ता उपलब्ध गराउनू
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा पाँच बुँदे निर्देशन दिएको छ ।
मन्त्रालयले परिपत्रमार्फत यसअघि २०८१ मङ्सिर २७ गते भएको निर्णय कार्यान्वयन नभएको भन्दै तत्काल लागू गर्न र त्यसको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
गुणस्तर मापन तथा नियमन महाशाखाले जारी गरेको पत्रमा सम्पूर्ण प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी अस्पतालहरूलाई सम्बोधन गरिएको छ ।
निर्णय कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र त्यसको प्रगति विवरण मन्त्रालयमा पेस गर्न भनिएको छ ।
न्यूनतम पारिश्रमिक र सेवा सुविधा
स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोकेभन्दा कम नहुने गरी लागू गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै तोकिएको समयभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीहरूलाई अतिरिक्त भत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ ।
कार्य अवधि समाप्त भएपछि वा कर्मचारीले माग गरेमा अनुभवको पत्र प्रदान गर्न र स्वास्थ्य मन्त्रालयले नर्सिङ लगायत अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया