सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
डा बम निर्देशक, मलासी मन्त्रालयमा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजामति ऐनसँगै नियमावली ल्याएपछि स्वास्थ्यतर्फ उपसचिव बढुवा गरेर रिक्त दरबन्दी पदपूर्ती गरेको छ ।
बढुवा हुनेमा जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, आर्युर्वेद कन्सल्टेन्ट विज्ञ, अस्पताल नर्सिङ प्रशासक, मेडीकल सुपरीडेन्टेन्ट र कन्सल्टटेन्ट ईएनटी सर्जन रहेका छन् ।
जनस्वास्थ्य प्रशासकमा बढुवा हुनेमा झनक राज ढुङगाना, ओम प्रकाश जोशी, रमेश कुँवर र रमेश मलासी रहेका छन् । स्वास्थ्य शिक्षा प्रसासकमा बढुवा हुनेमा हेम राज खड्का रहेका छन् ।
त्यस्तै, आयुर्वेद कन्सल्टेन्ट विज्ञमा बढुवा हुनेमा आर्युर्वेद चिकित्सक डा. खगेन्द बम, मेडीकल सुपरीडेन्टेन्ट डा. सन्दिप ओखेडा र कन्सल्टटेन्ट ईएनटी सर्जनमा डा. ज्योती पाण्डे रहेका छन् । अस्पताल नर्सिङ प्रशासक बढुवामा भने कमला बिष्ट र सिमा शर्मा बढुवा भएका हुन् ।
प्रदेश सरकारले बढुवा गरेको स्वास्थ्य तर्फको उपसचिवको पदस्थापन गरेको छ ।
स्वास्थ्य निर्देशनालयमा आर्युर्वेद चिकित्सक डा. खगेन्द्र बम, सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखामा रमेश मलासी, स्वास्थ्य कार्यालय कैलालीमा रमेश कुँवर, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा झनकराज ढुंगाना र ओम प्रकाश जोशीलाई स्वास्थ्य तालिक केन्द्र धनगढीमा पदस्थापन गरिएको छ ।
स्वास्थ्य शिक्षा प्रशासकमा बढुवा भएका हेम राज खड्कालाई स्वास्थ्य तालिम केन्द्रमा पदस्थापन गरीएको छ ।
जनस्वास्थ्य प्रशासकमा रिक्त रहेको २ दरबन्दी आन्तरीक प्रतिस्पर्धा र खुल्लाबाट पदपूर्ती गरिनेछ ।
त्यस्तै गरी, अस्पताल नर्सिङ प्रशासकमा बढुवा भएका कमला विष्टलाई सेति प्रादेशिक अस्पतातलमा पदस्थापन गरीएको छ । अस्पताल नर्सिङ प्रशासकमा बढुवा भएकी सिमा शर्मा भने हाल अध्ययन बिदामा छिन् ।
त्यस्तै, चिकित्सकतर्फ भएको बढुवामा मेडीकल सुपरीडेन्टेन्ट डा.सन्दिप ओखेडा बझाङ अस्पतालमा पदस्थापन भएका छन् । कन्सल्टटेन्ट ईएनटी सर्जनमा बढुवा भएका डा। ज्योती पाण्डेको सेति प्रादेशिक अस्पतालमा पदस्थापन भएको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया