सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
डा बम निर्देशक, मलासी मन्त्रालयमा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजामति ऐनसँगै नियमावली ल्याएपछि स्वास्थ्यतर्फ उपसचिव बढुवा गरेर रिक्त दरबन्दी पदपूर्ती गरेको छ ।
बढुवा हुनेमा जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, आर्युर्वेद कन्सल्टेन्ट विज्ञ, अस्पताल नर्सिङ प्रशासक, मेडीकल सुपरीडेन्टेन्ट र कन्सल्टटेन्ट ईएनटी सर्जन रहेका छन् ।
जनस्वास्थ्य प्रशासकमा बढुवा हुनेमा झनक राज ढुङगाना, ओम प्रकाश जोशी, रमेश कुँवर र रमेश मलासी रहेका छन् । स्वास्थ्य शिक्षा प्रसासकमा बढुवा हुनेमा हेम राज खड्का रहेका छन् ।
त्यस्तै, आयुर्वेद कन्सल्टेन्ट विज्ञमा बढुवा हुनेमा आर्युर्वेद चिकित्सक डा. खगेन्द बम, मेडीकल सुपरीडेन्टेन्ट डा. सन्दिप ओखेडा र कन्सल्टटेन्ट ईएनटी सर्जनमा डा. ज्योती पाण्डे रहेका छन् । अस्पताल नर्सिङ प्रशासक बढुवामा भने कमला बिष्ट र सिमा शर्मा बढुवा भएका हुन् ।
प्रदेश सरकारले बढुवा गरेको स्वास्थ्य तर्फको उपसचिवको पदस्थापन गरेको छ ।
स्वास्थ्य निर्देशनालयमा आर्युर्वेद चिकित्सक डा. खगेन्द्र बम, सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखामा रमेश मलासी, स्वास्थ्य कार्यालय कैलालीमा रमेश कुँवर, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा झनकराज ढुंगाना र ओम प्रकाश जोशीलाई स्वास्थ्य तालिक केन्द्र धनगढीमा पदस्थापन गरिएको छ ।
स्वास्थ्य शिक्षा प्रशासकमा बढुवा भएका हेम राज खड्कालाई स्वास्थ्य तालिम केन्द्रमा पदस्थापन गरीएको छ ।
जनस्वास्थ्य प्रशासकमा रिक्त रहेको २ दरबन्दी आन्तरीक प्रतिस्पर्धा र खुल्लाबाट पदपूर्ती गरिनेछ ।
त्यस्तै गरी, अस्पताल नर्सिङ प्रशासकमा बढुवा भएका कमला विष्टलाई सेति प्रादेशिक अस्पतातलमा पदस्थापन गरीएको छ । अस्पताल नर्सिङ प्रशासकमा बढुवा भएकी सिमा शर्मा भने हाल अध्ययन बिदामा छिन् ।
त्यस्तै, चिकित्सकतर्फ भएको बढुवामा मेडीकल सुपरीडेन्टेन्ट डा.सन्दिप ओखेडा बझाङ अस्पतालमा पदस्थापन भएका छन् । कन्सल्टटेन्ट ईएनटी सर्जनमा बढुवा भएका डा। ज्योती पाण्डेको सेति प्रादेशिक अस्पतालमा पदस्थापन भएको छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया