‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिड्नुपर्ने
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् ।
बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ रहेको भए पनि जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने भएकाले सेवा पाउन मुस्किल पर्छ । बर्थिङ सेन्टर पुग्न दुई घण्टाको पैदल जानुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प नरहेको यहाँका स्थानीय बताउँछन् ।
गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने सरकारी मान्यता भए पनि यहाँ लागू हुन सकेको छैन । यहाँ यातायातको सहज पहुँच नहुँदा गर्भवतीलाई ‘स्टेचर’मा बोकेर स्वास्थ्य संस्थामा पुगाउनुपर्ने बाध्यता छ ।
कतिपय गर्भवती बाटोमा नै सुत्केरी भएर फर्काउन बाध्य भएको यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमले जानकारी दिईन् । “केहीलेकाँही नवजातशिशुहरु बाटोमा नै जन्मिएका छन्, बाध्यता छ के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन,” उनले भनिन्, “बर्थिङ सेन्टर पुग्न दुई घण्टा पैदल जार्नुपर्छ यातायातको सुविधा छैन ।”
सरकारले घरमा सुत्केरी हुने दर शून्यमा अभियान चलाएको छ । नियमित चारपटक गर्भजाँच गर्नुपर्ने र त्योबापत रु ७०० समेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्य संस्थामा गराएबापत रु तीन हजार यातायात खर्चस्वरुप पाउने प्रावधान पनि छ । तर यहाँका गर्भवतीहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन नै पाएका छैनन् । “कच्ची सडक छ हिउँदमा त एम्बुलेन्स आउँछ जसोतसो स्वास्थ्य संस्थामा पुगिन्छ ।” यहाँका स्थानीय रेखा विकले भनिन्, “नियमित चेकजाँचका पनि हामीले दुई घण्टा पैदल जानुपर्छ ।” उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ । उक्त क्लिनिकमा एक जना अनमी, अहेब र एक जना कार्यालय सहयोगी छन् ।
क्लिनिकमा कार्यरत अनमी ममता महता सुत्केरी बिदामा गएपछि पुनः हाजिर भएकी छैनन् । उनले काज मिलाएर अन्तै गएपछि यहाँका बालबालिकालाई खोप र भिटामिन खुवाउन समेत समस्या भएको छ । अहिले खोप र भिटामिनका लागि ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको गाउँघर क्लिनिकमा अहेब नारायण बोहराले जानकारी दिए ।
“यहाँ बाटोको समस्या छ, सुत्केरी हुन स्टेचरमा बोकेर पाँच किलोमिटर टाढा लग्नुपर्ने बाध्यता छ,” बोहराले भने, “यहाँ त खानेपानीको सुविधा समेत छैन म घरबाट पानी बोकेर आउँछु ।” उनका अनुसार उक्त क्लिनिकमा कार्यरत अनमी सुत्केरी बिदामा गएको डेढ वर्ष भइसकेको छ । उनको स्थानमा अर्को कर्मचारी नखटाउँदा बालबालिको खोप र गर्भवती जाँचमा निकै समस्या हुने गरेको छ । “ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट दुई घण्टा पैदल आएर यहाँ खोप सेवा दिनुपरेको छ, पालिकाले अर्को कर्मचारी खटाएको छैन,” उनले भने, “पालिकामा धेरै पटक आग्रह गरेका छौँ अब पठाउनु हुन्छ होला ।” उनका अनुसार दैनिक २५÷३० जना सेवाग्राही आउने गरेका छन् । यहाँका स्थानीयले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी हुन पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै रहेको यो बस्तीमा विकासका आधारभूत सुविधाबाट वञ्चित छ । यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया