काठमाडौं महानगरपालिकाले दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ । एम्बुलेन्स तयारी अवस्थामा राखेर मङ्गलबारबाट वितरण थालिने जानकारी मेयर बालेन शाहले दिएका छन् ।
पहिलो चरणमा देशभरका दुर्गम क्षेत्रका साथै मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स पठाइने उनले उल्लेख गरेका छन् ।
शाहका अनुसार वितरणका लागि पारदर्शी मापदण्ड तय गरिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ । स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भू-भागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो, शाहले बताएका छन् ।
कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने लक्ष्य अन्तर्गत एम्बुलेन्स वितरण गर्न लागिएको उनले बताएका छन् ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया